
काठमाडौँ । नेपाली चलचित्र ‘गोर्खा वारियर’को लण्डनमा प्रिमियर हुने भएको छ ।
बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा ‘गोर्खा वारियर्स’को प्रिमियर हुने काठमाडौँमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माता तथा निर्देशक मिलन चाम्सले जानकारी दिए ।
प्रिमियर भदौ २४ अर्थात् १० सेप्टेम्बरमा हुने गरिएको छ ।
“हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा छौँ । यो नेपाली चलचित्रकै लागि गौरवको विषय हो किनकि त्यो चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र प्रिमियर हुन्छन्”,निर्देशक चाम्सले भन्नुभयो, “गोर्खालीको गौरव गाथालाई त्यहाँ देखाउन पाउँदा निकै उत्साहित छु किनकि हाम्रो वीरताको कथा विश्वले देख्ने छ ।”
उहाँले नेपाली चलचित्रको भइरहेको बजार विस्तारमा अब सबैले सामूहिक सहकार्यमार्फत अगाडि बढेर टेवा पुर्याउनुपर्नेमा जोड दिनुभयो । “अब हामीले मेरो वा तेरोभन्दा पनि हाम्रो भनेर अगाडि बढ्न सक्नुपर्छ । अनि मात्र अन्तर्राष्ट्रिय बजारमा हामीले सफलता पाउनेछौँ”, उहाँले भन्नुभयो । लण्डन लगत्तै हङकङ र सिङ्गापुरमा समेत प्रिमियर गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । निर्देशक चाम्सले लण्डनको प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिनुभयो ।
युद्धको कथामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आवद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । आयोजित पत्रकार सम्मेलनमा १६ पटक सगरमाथा आरोहण गरेका फुर्वा तेञ्जिङ शेर्पालाई सम्मान गरियो ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम