
काठमाडौँ । संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका कमान्डेन्ट सेवानिवृत्त लेफ्टिनेन्ट जनरल सर जर्ज नोर्टनको नेतृत्वमा कलेजका शिक्षक र शिक्षार्थी नेपालको अध्ययन भ्रमणमा आएको छ ।
नेपालको छ दिवसीय अध्ययन भ्रमणमा १९ सदस्सीय टोली आज यहाँ आइपुगेको हो ।
यसैबीच, प्रधानसेनापति प्रभुराम शर्मासँग उक्त टोलीका प्रमुख नोटर्नले आज जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त टोलीले जङ्गी अड्डा, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै ऐतिहासिक एवं पर्यटकीयस्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ । विभिन्न राष्ट्रमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीले एक–अर्का मुलुकको अध्ययन भ्रमण गर्ने प्रचलन रहिआएको छ ।
नेपालमा मित्रराष्ट्रबाट हुने यस्ता भ्रमणले सम्बन्धित देशसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुग्नेछ । नेपालको पर्यटन प्रवर्द्धनमा समेत यस खाले भ्रमणबाट टेवा पुग्ने सेनाले विश्वास लिएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’