
लण्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी)ले अन्तर्रास्ट्रिय नारी दिवस मनाएको छ ।
आइतबार इम्पायर हल अल्डरसटमा मनाइएको उक्त कार्यक्रमको अवधारणा परिवर्तन, सशक्तीकरण, जनचेतना र सूचना दिने रहेको थियो।
कार्यक्रमको प्रमुख अतिथि उपमेयर काउन्सिलर क्लाइभ गर्यटन हुनु हुन्थ्यो भने विशेष अतिथि काउन्सिलका डेपुटी लिडर काउन्सिलर मौरिस सिहन हुनुहुन्थ्यो। प्रमुख अतिथि उपमेयर गर्यटन र जीआरएनसीका अध्यक्ष मन गुरुङले पानसमा बत्ती बाली कार्यक्रम सुरु गरिएको थियो।
पहिलो सत्रको कार्यक्रममा सचिव सुशीला मगरले हेल्थ एन्ड सेफ्टी र कार्यक्रम संयोजक उपाध्यक्ष लीला सेलिङ्ग माबोले स्वागत मन्तब्य र प्रमुख अतिथि उपमेयर गर्यटनले छोटो शुभकामना र अध्यक्ष मन गुरुङले धन्यवाद दिनु भएको थियो ।
दोस्रो सत्रमा घरेलु हिंसा जागरणसम्बन्धी नाटक मन्थन गरिएको थियो। जसको परिकल्पना अध्यक्ष मन गुरुङ, निर्देशक कार्यक्रम सहसंयोजक सुष्मा गुरुङ, कलाकारहरु क्याप्टेन रिटार्यड वीर थापा मगर, लीला सेलिङ्ग माबो, कविता घर्ती मगर गुरुङ र मनसुदन थापा हुनु हुन्थ्यो भने मन गुरुङले ध्यान, ताइची (छिकोंग) र परिवर्तन (हिलिङ्ग), डा जीत तामांगले मुटु रोग सम्बन्धमा, सेकेन्ड लेफ्टिनेन्ट डा रेश्मा राज भण्डारीले आफ्नो परिचय, सामुदायिक प्रहरी अधिकृत दुर्गा थापा र निलम रेले प्रहरी र सुरक्षा र रोजगारीको बारे, एलिजा गुरुङले सिटिजन एडभाइस र घरेलु हिंसाबाट कसरी बच्ने र भएमा के गर्ने, निशा शर्माले क्यान्सर, सोयिन्गनाले समावेसी, लीला सेलिङ्ग माबो र जगन गुरुङले कविता, अनुषा गुरुङले प्रोजेक्ट टुगेदर र सूचना र संचार बारे, मधु गुरुङले वृद्धहरूको लागि घर भाडा सम्बन्धमा, सुशीला थापामगरले सोसियल प्रिस्क्रेयाब, सुष्मा गुरुङले मेन्टल हेल्थ सम्बन्धी जानकारी गराउनु भएको थियो भने मनोरन्जनमा सयपत्री समूहले नृत्य, दिनेश गुरुङ र मिन गुरुङले संगीत, कविता घर्ती मगर गुरुङले गीत, रजनी गुरुङले नृत्य र मनसुधन थापा मगरले दोहारी गीत प्रस्तुत गर्नु भएको थियो।
करिब २०० जनाभन्दा बढीको सहभागिता रहेको सो कार्यक्रममा धेरैजसो वृद्ध आमाहरू सहभागी थिए । कार्यक्रममा करिब आठ ओटा स्टल थिए ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरू सबैलाई र विशेषगरी रो हिल वार्डका काउन्सिलरहरु डेपुटी काउन्सिल लिडर मौरिस सिहान, काउन्सिलर चार्ल्स चौधरी र काउन्सिलर स्टुवार्ट त्रुसलरलाई अध्यक्ष मन गुरुङले धन्यवाद दिएका थिए ।
उक्त कार्यक्रम बीएफबीएस गोरखा रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल