
लण्डन । बेलायतको क्यान्टरबरीमा बसोबास गर्नुहुने साहित्यकार घनबहादुर थापाको नयाँ गीति एल्बम ‘साक्षी’ सार्वजनिक भएको छ ।
हालै काठमाडौँमा आयोजित एक अवसरमा उहाँको लोक, आधुनिक र पप गीत रहेको नयाँ गीति एल्बमको लोकार्पण गरिएको हो ।
सो एल्बममा ६ वटा गीत समावेश छन् । ‘मायालुको आँखै नशालु’ र ‘उकाली होस् वा ओराली होस्’ बोलको गीतमा पवन रानाले संगीत र श्वर दिएका छन् । ‘छोड्दै थिएँ’ बोलको गीतमा दिनेश सुब्बाले संगीत दिएका छन् भने वरिष्ठ गायक दीप श्रेष्ठको श्वर रहेको छ । ‘तिमीलाई भेट्न’ बोलको गीतमा दिवान किनारको संगीत र शुभ तामाङको श्वर रहेको छ भने ‘पप पीपी’ बोलको गीतमा घनबहादुर थापा आफैँले लय संकलन गरेका छन् भने पवन राना र प्रीति आलेको श्वर रहेको छ ।
एल्बममा एउटा मगर भाषाको गीत ‘जिलौ झोर्ले’ (सबैलाई नमस्कार) बोलको गीत रहेको छ । यस गीतमा घनबहादुर थापा र उहाँको जीवनसंगिनी कृष्णा थापामगरको शब्द रहेको छ । संगीत बिलन थापाले गरेका छन् भने श्वर बिलन थापा र रेश्मा पुनको रहेको छ । रेश्मा चर्चित गीत केशरीकी गायिका हुन् ।
कृष्णा थापा निर्माता रहेको एल्बमको दुई वटा गीत ‘मायालुको आँखै नशालु’ र ‘जिलौ झोर्ले’को म्यूजिक भिडियो पनि बजारमा सार्वजनिक भइसकेको छ ।
एल्बम लोकार्पण कार्यक्रममा गायकहरू बिलन थापा र पवन राना, म्यूजिक भिडियोमा अभिनय गर्नुभएको कलाकार रीना थापा र बीएफबीएस गोर्खा रेडियोका कार्यक्रम संचालक तुलसी बस्नेत लगायत उपस्थित हुनुहुन्थ्यो । गीतकार भावेश भुवरीले एल्बमको समीक्षा गर्नुभएको थियो ।

साहित्यकार थापा आफ्नो एल्बमहरूमा नयाँ-पुराना र सबै समुदायका कलाकारलाई सृजना पस्कन मौका दिएको बताउनुहुन्छ । उहाँका यसअघिका ‘बयान’, ‘बस्ती’, ‘नबिर्स’, ‘मायाको संसार’ र ‘हामी’ लगायतका एल्बमहरूमा थापाले चर्चित र नयाँ थुप्रै कलाकारलाई गाउने, संगीत भर्ने र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर प्रदान गर्नुभएको छ ।
एल्बममा मगर भाषाको गीत राख्नुको बारेमा सोधिएको जिज्ञासामा थापाले विदेशमा लामो बसाइको अनुभवमा नयाँ पुस्ताले आफ्नो मातृभाषा बिर्सँदै गएको पाएकाले भाषाको संरक्षण र जान्नेले नजान्नेलाई सिकाउनु पर्छ भन्ने मान्यताले मगर गीत राखेको बताउनुभयो ।
बेलायतमा व्यवसाय, साहित्य तथा समाज सेवामा तल्लीन थापाका देशको माटोमा मेरो फूल (कवितासङ्ग्रह), मेरो चिनो मेरो देश (कवितासङ्ग्रह), क्याक्मीको कोसेली (कवितासङ्ग्रह), मायाको संसार (आधुनिक गीतिएल्बम), बयान (आधुनिक गीतिएल्बम), बस्ती (आधुनिक गीतिएल्बम), नबिर्स (आधुनिक गीतिएल्बम), फूलको मुस्कान (गीतसङ्ग्रह), हामी (सामूहिक गीतिएल्बम), क्याक्मीका स्रष्टा (प्रधानसम्पादक) प्रकाशन भइसकेका छन् ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु