
काठमाडौँ । दुई दशकदेखि मौलिक गीत संगीतमा शब्द, लय, स्वर र संगीत संयोजन गर्दै आउनु भएका गायक आर के गुरुङले यो पटक भने आफ्नो दर्शक स्रोताहरुको लागि केही फरक शैली गीत लिएर प्रस्तुत भएका छन् ।
१८ वर्षअघि ‘माइली रोधिघरमा सँगै नाचौँला’ बोलको कौराहा मौलिक गीतबाट साँगीतिक क्षेत्रमा प्रवेश गरेका गुरुङले अहिले केही फरक शैलीको लोकदोहोरी गीत ‘घर त गैरी गाउँ’ लिएर आएका छन्। सो गीतमा गुरुङले मीठो स्वर, शब्द र लयका धनी गायक मनोज केसीसँग सहकार्य गरेका छन् ।
गायकद्वय करिब १५ वर्षदेखि साँगीतिक सहकार्य गर्दै आएका छन् । ‘हेर्दैमा राम्रो बागलुङै बजार (सालैजो), ‘बज्यो मादल मायाको गाउँमा’ (झ्याउरे), ‘गल्कोटै गाउँको’ (सालैजो), ‘माइली रोधिघरमा’ (रिमेक), ‘ज्ञानी माया’ (पञ्चेबाजा) र ‘बस है माया’ (सालैजो) जस्ता मीठा मीठा मौलिक भाकाहरु उहाँहरूले स्रोतामाझ पस्किसक्नु भएको छ।
‘घर त गैरी गाउँ’ गीतमा मनोज केसी र अस्मिता अधिकारीको मीठो आवाज रहेको छ । गीतको भिडियोमा निर्देशक दीपेन्द्र तिमल्सिनाले सुन्दर कोरियोग्राफी गरेका छन् । चर्चित कलाकारहरु गणेशमान घले, रमेश थापा, जुना सुन्दास र आयुस्मा कार्कीले गीतमा नाचसँगै अभिनय गरेका छन् ।
म्युजिक भिडियोलाई शिवपुरी राष्ट्रिय निकुन्जको ढाप ताल र प्रकृति रिसोर्टमा छायाँकन गरिएको छ । छायाँकार नवराज उप्रेती र भिडियो सम्पादक विष्णुहरि तिमल्सिनाले भिडियोलाई सुन्दर र चाखलाग्दो बनाएका छन्।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी