
टोकियो । टेनिस स्टार नाओमी ओसाकाले आफू गर्भवती भएको खुलासा गर्दै अर्को वर्षमात्र मैदानमा फर्कने योजना रहेको बताएकी छन् ।
पूर्व विश्व नम्बर एक खेलाडी ओसाकाले ‘अल्ट्रासाउन्ड’को तस्बिरसहित सामाजिक सञ्जालमा ‘सन् २०२३ का लागि सानो अद्यावधिक’ भनेर बुधबार गरेको ‘पोष्ट’मा आफू गर्भवती भएको खुलासा गरेकी हुन्
पच्चीस वर्षीया ओसाका वर्षौँदेखि ‘र्यापर’ कोर्डेसँग ‘रोमान्स’सँगै ‘डेट’ गरिरहेकी छन् । “मलाई थाहा छ कि मसँग भविष्यमा हेर्नको लागि धेरै कुरा छन्, एउटा कुरामा म तयार भएकी छु कि मेरो बच्चाले मैले खेलको हेर्नेछ र उनी मेरी आमा हुन्,” ओसाकाले लेखेकी छन् ।
गत सेप्टेम्बरदेखि ओसाकाले कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेकी छैनन् । आगामी आइतबारदेखि सुरु हुने अस्ट्रेलियन ओपनबाट पनि उनी बाहिरिएकी छन् । उनले दुई पटक युएस ओपन च्याम्पियनसिपसँगै दुई पटक उक्त प्रतियोगिता जितेकी थिइन् । हालैका वर्षमा मानसिकरूपमा स्वस्थ्य रहन उनले खेलबाट आफूलाई टाढा राखेकी छन् । टोकियोमा प्यान प्यासिफिक ओपन पछि फेरि उनी मैदानमा देखिएकी छैनन् ।
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित