
काठमाडौँ । आम निर्वाचनपछि संसदका दुवै सदनको बैठक सोमबारदेखि शुरु भएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठक ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो । साथै उहाँले प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको व्यहोरा पढेर सुनाउनुभयो ।
बैठकमा राजनीतिक पार्टीका नेताहरूले सम्बोधन गरेका छन् । जसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता रामसहाय यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठ चौधरी, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, प्रभु साह लगायतका सांसदले सम्बोड्ढन गरे ।
उता आजै राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको छ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधिसभासँगै राष्ट्रियसभाको समेत पहिलो बैठक दिउँसो १ बजे सुरु भएको हो ।
पहिलो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को बैठक आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो ।
यस्तै उहाँले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनुभएको थियो ।
नेपालमा बिहीबार प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो