
काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला परिषद् सचिवालय चितवन जिल्लाले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार अध्यक्ष सागर कुमालद्वारा जारी प्रेस विज्ञप्तिमा चितवन क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा उम्मेद्वार समेत रहेकी गौतमले चुनावी सभामा आदिवासी जनजाति समुदाय, विशेष गरी गुरुङ र थारु समुदायप्रति लक्षित गरी दिएको अभिव्यक्ति अपमानजनक, गैरजिम्मेवार र भ्रामक रहेको उल्लेख गरिएको छ । विज्ञप्तिअनुसार उम्मेद्वार गौतमले आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने’ वर्गका रूपमा टिप्पणी गर्नुले समुदायको स्वाभिमान, पहिचान र राजनीतिक चेतनामाथि गम्भीर प्रहार गरेको ठहर गरिएको छ । गुरुङ र थारु लगायतका समुदायलाई ‘सोझो’ र ‘पैसामा बिक्ने’ भनी वर्गीकृत गर्नु उम्मेद्वारको सङ्कीर्ण र नश्लवादी सोचको स्पष्ट संकेत भएको महासङ्घको भनाइ छ । आदिवासी जनजाति समुदाय आफ्नै इतिहास, योगदान र गौरव बोकेको सचेत नागरिक समाज भएको जनाउँदै मतदातालाई आर्थिक लेनदेनमा संलग्न हुन उक्साउनु निर्वाचन आचारसंहिताको उल्लङ्घन र लोकतान्त्रिक मूल्यको उपहास भएको आरोप लगाइएको छ ।
महासङ्घले उक्त अभिव्यक्तिप्रति २४ घण्टाभित्र सार्वजनिक माफी माग्दै लिखित स्पष्टीकरण दिन माग गरेको छ । अन्यथा चितवन क्षेत्र नम्बर ३ मा आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी उम्मेद्वारविरुद्ध चुनावी बहिष्कार तथा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिइएको छ । उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित उम्मेद्वार र उनको दलले वहन गर्नुपर्ने महासङ्घको स्पष्ट धारणा छ । “हाम्रो स्वाभिमान हाम्रो पहिचान हो, यसमा खेलबाड गर्ने छुट कसैलाई छैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
भाषाले जोडिने आह्वानसाथ सिलिगुडीमा जम्यो नेपथ्य
इरानको आक्रमणबाट दुबईमा एक जना नेपालीको मृत्यु
इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो