
ब्रासिलिया । ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो उत्तराधिकारीको सपथ लिनुभन्दा दुई दिनअघि र आफ्ना अनुयायीहरूलाई रुँदै बिदाइ गरेको केही समयपछि शुक्रबार अमेरिका पलायन हुनुभएको छ ।
उहाँले आफ्नो चुनावी हार स्वीकार्नुभएको छैन । उहाँले स्थानीय समयअनुसार अपराह्न २ :०० बजे वायु सेनाको विमानबाट अमेरिकाको फ्लोरिडाका लागि प्रस्थान गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
सिएनएन ब्राजिलले बोल्सोनारोलाई उद्धृत गर्दै भनेको छ, “म उडिरहेको छु, म चाँडै फर्कनेछु ।”
‘एभिएसन ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयर’का अनुसार उहाँको विमान स्थानीय समयअनुसार शनिबार राति ९ बजेपछि ओर्लान्डोमा अवतरण गरेको थियो ।
यसको अर्थ उहाँले आइतबारको सपथ ग्रहण समारोहमा भाग लिनुहुने छैन अर्थात् उहाँले नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई पदभार हस्तान्तरण गर्नुहुने छैन ।
बोल्सोनारो प्राविधिक रूपमा थप दुई दिनका लागि राष्ट्रपति भने रहिरहनुहुनेछ । आरएनआर टेलिभिजनका अनुसार उहाँको कार्यकालमा उपराष्ट्रपति रहनुभएका ह्यामिल्टन मौराओ अहिले कार्यवाहक राष्ट्रपति रहनुभएको छ र उहाँले शनिबार देशबासीको नाममा सम्बोधन गर्नुहुनेछ ।
बोल्सोनारोको भ्रमणको समय र उद्देश्यबारे एएफपीले सोधेको प्रश्नको जवाफ राष्ट्रपतिले दिनचाहनुभएन ।
यसअघि शुक्रबार बोल्सोनारोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भएको एक सम्बोधनमा आफ्ना समर्थकलाई ‘जनवरी १ मा लुलाले राष्ट्रपतिको कार्यभार सम्हाल्दा संसारको अन्त्य हुने छैन’ भन्नुभएको थियो ।
उहाँले भन्नुभयो, “हाम्रो भविष्य राम्रो छ । अहिलेलाई युद्ध हारेको जस्तो भएको छ, तर हामी युद्ध हार्ने छैनौं ।”
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक