
ब्रासिलिया । ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोले आफ्नो उत्तराधिकारीको सपथ लिनुभन्दा दुई दिनअघि र आफ्ना अनुयायीहरूलाई रुँदै बिदाइ गरेको केही समयपछि शुक्रबार अमेरिका पलायन हुनुभएको छ ।
उहाँले आफ्नो चुनावी हार स्वीकार्नुभएको छैन । उहाँले स्थानीय समयअनुसार अपराह्न २ :०० बजे वायु सेनाको विमानबाट अमेरिकाको फ्लोरिडाका लागि प्रस्थान गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
सिएनएन ब्राजिलले बोल्सोनारोलाई उद्धृत गर्दै भनेको छ, “म उडिरहेको छु, म चाँडै फर्कनेछु ।”
‘एभिएसन ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयर’का अनुसार उहाँको विमान स्थानीय समयअनुसार शनिबार राति ९ बजेपछि ओर्लान्डोमा अवतरण गरेको थियो ।
यसको अर्थ उहाँले आइतबारको सपथ ग्रहण समारोहमा भाग लिनुहुने छैन अर्थात् उहाँले नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई पदभार हस्तान्तरण गर्नुहुने छैन ।
बोल्सोनारो प्राविधिक रूपमा थप दुई दिनका लागि राष्ट्रपति भने रहिरहनुहुनेछ । आरएनआर टेलिभिजनका अनुसार उहाँको कार्यकालमा उपराष्ट्रपति रहनुभएका ह्यामिल्टन मौराओ अहिले कार्यवाहक राष्ट्रपति रहनुभएको छ र उहाँले शनिबार देशबासीको नाममा सम्बोधन गर्नुहुनेछ ।
बोल्सोनारोको भ्रमणको समय र उद्देश्यबारे एएफपीले सोधेको प्रश्नको जवाफ राष्ट्रपतिले दिनचाहनुभएन ।
यसअघि शुक्रबार बोल्सोनारोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भएको एक सम्बोधनमा आफ्ना समर्थकलाई ‘जनवरी १ मा लुलाले राष्ट्रपतिको कार्यभार सम्हाल्दा संसारको अन्त्य हुने छैन’ भन्नुभएको थियो ।
उहाँले भन्नुभयो, “हाम्रो भविष्य राम्रो छ । अहिलेलाई युद्ध हारेको जस्तो भएको छ, तर हामी युद्ध हार्ने छैनौं ।”
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार