नायिका विपना थापा अभिनयमा फर्कँदै

काठमाडौँ । विवाहपछि अभिनयलाई चटक्कै छाडेकी अभिनेत्री विपना थापा नेपाली चलचित्रमा पुन: फर्कने भएकी छिन् ।
अर्की अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्स्व दीर्घ’मा उनी अनुवन्धीत भएकी छिन् ।
चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापाले झण्डै ७० वटा चलचित्रमा अभिनय गरेकी छिन् ।
ह्रस्वदीर्घको निर्देशकमा चन्द्र पन्त रहने छन् भने अन्य कलाकारहरूमा ब्रह्मानन्दम, प्रदीपरामसिंह रावत, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ ।चलचित्रमा केही भारतीय र नेपाली कलाकार रहने निर्देशक पन्तले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री