
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय परिसरको उत्तरी भागमा अहिंसाका अभियन्ता महात्मा गान्धीको प्रतिमा राखिने भएको छ ।
महासचिव एन्टोनियो गुटेरेस र भारतका विदेशमन्त्री एस जयशङ्करले अनावरण गर्ने कार्यक्रम रहेको संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले बताउनुभएको छ ।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच नयाँ सदस्यसहित परिषद्का अन्य सदस्यहरूको उपस्थितिमा प्रतिमा अनावरणको कार्यक्रम हुने उहाँले बताउनुभएको छ । राष्ट्रसङ्घको मुख्यालयमा राखिने गान्धीको प्रतिमा पहिलो हुनेछ । भारतले विश्वसंस्थालाई प्रदान गरेको यो प्रतिमा पनि पहिलो हो ।
भारतका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणको सिलसिलामा हाल अमेरिकामा हुनुहुन्छ । मङ्गबार उहाँले महासभाका अध्यक्ष साबा कोरोसीसँग भेटवार्ता गर्नुभएको थियो । उहाँसँग बहुपक्षीयताको महत्वबारे छलफल भएको विदेशमन्त्रीले बताउनुभएको छ । साथै उहाँले जापानका विदेश राज्यमन्त्री यामादा केन्जीसँग पनि भेटवार्ता गर्नुभएको थियो । भारत र जापानले सुधारिएको बहुपक्षीयतालाई अगाडि बढाउन मिलेर काम गर्नेबारेमा उहाँहरूले विचार आदानप्रदान गर्नुभएको थियो ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान