
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा आज साँझ ६ बजे बस दुर्घटना भएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब एक दर्जन घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल तथा अन्य दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइतेहरुमध्ये आठ जनाको बनेपास्थित शिर मेमोरियल अस्पताल र अन्य पाँचको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रनाउ न्यौपानेले बताउनुभयो । दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ । बसमा सवार कति थिए भन्ने यकिन तथा मृतकको पहिचान हुन नसकको न्यौपानेले बताउनुभयो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा