
फ्र्याङ्कफर्ट । जर्मन प्रहरीले बुधबार राष्ट्रव्यापी छापा मार्ने क्रममा संसदमा आक्रमणको योजना बनाएको आशङ्कामा अति दक्षिणपन्थी आतङ्कवादी समूहका सदस्यहरु २५ जनालाई गिरफ्तार गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
राष्ट्रव्यापी छापा मार्ने क्रममा तीन हजार भन्दा बढी सरकारी अधिकारीसहित आतङ्ककारीविरुद्ध संलग्न रहेका समूहले बिहानको समयमा कारबाही शुरु गरेको थिए । एक सय ३० भन्दा बढी सम्पत्तिहरू खोजी गरेका जनाइएको छ । यस कार्यलाई जर्मन सञ्चार माध्यमले ठूला–ठूला प्रहरी कार्यहरु मध्ये एक भएको बताएको छ ।
‘सानो सशस्त्र समूहसँग जर्मन संसदमा हिंसात्मक रूपमा जबरजस्ती गर्न ठोस तयारी गरेको’आशंका गरिएको ‘रेचका नागरिक’(रेच्सबर्गर) आन्दोलनका कथित सदस्यहरूलाई लक्षितगरी छापा मारिएको अभियोजनकर्ताहरूले एक विज्ञप्तिमा बताएका छन् ।
पक्राउ परेकाहरुलाई पछिल्लो समय नोभेम्बर २०२१ को अन्त्यसम्ममा एउटा आतङ्कवादी समूह बनाएको आरोप लगाइएको छ । यस समूहले जर्मनीमा अवस्थित राज्य व्यवस्थालाई हटाउने र यसलाई आफ्नै प्रकारको राज्यले प्रतिस्थापन गर्ने लक्ष्य राखेको उनीहरूले जानकारी दिएका छन् । पक्राउ परेका २५ मध्ये दुई जना अस्ट्रिया र इटालीमा रहेका जनाइएको छ ।
रेच्सबर्गर आन्दोलनले आधुनिक जर्मन गणतन्त्रको वैधतालाई अस्वीकार गर्ने नवनाजीहरू, षड्यन्त्र सिद्धान्तवादीहरू र बन्दुक उत्साहीहरु समावेश रहेको छ । संदिग्ध आतङ्कवादी योजना ध्वस्त गरेकोमा न्याय मन्त्री मार्को बुशम्यानले ट्वीटरमार्फत प्रशंसा गर्नु भएको छ । यसले जर्मनीले आफ्नो लोकतन्त्रको रक्षा गर्न सक्षम भएको देखाएको मार्कोले बताउनु भएको छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी