
फ्र्याङ्कफर्ट । जर्मन प्रहरीले बुधबार राष्ट्रव्यापी छापा मार्ने क्रममा संसदमा आक्रमणको योजना बनाएको आशङ्कामा अति दक्षिणपन्थी आतङ्कवादी समूहका सदस्यहरु २५ जनालाई गिरफ्तार गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
राष्ट्रव्यापी छापा मार्ने क्रममा तीन हजार भन्दा बढी सरकारी अधिकारीसहित आतङ्ककारीविरुद्ध संलग्न रहेका समूहले बिहानको समयमा कारबाही शुरु गरेको थिए । एक सय ३० भन्दा बढी सम्पत्तिहरू खोजी गरेका जनाइएको छ । यस कार्यलाई जर्मन सञ्चार माध्यमले ठूला–ठूला प्रहरी कार्यहरु मध्ये एक भएको बताएको छ ।
‘सानो सशस्त्र समूहसँग जर्मन संसदमा हिंसात्मक रूपमा जबरजस्ती गर्न ठोस तयारी गरेको’आशंका गरिएको ‘रेचका नागरिक’(रेच्सबर्गर) आन्दोलनका कथित सदस्यहरूलाई लक्षितगरी छापा मारिएको अभियोजनकर्ताहरूले एक विज्ञप्तिमा बताएका छन् ।
पक्राउ परेकाहरुलाई पछिल्लो समय नोभेम्बर २०२१ को अन्त्यसम्ममा एउटा आतङ्कवादी समूह बनाएको आरोप लगाइएको छ । यस समूहले जर्मनीमा अवस्थित राज्य व्यवस्थालाई हटाउने र यसलाई आफ्नै प्रकारको राज्यले प्रतिस्थापन गर्ने लक्ष्य राखेको उनीहरूले जानकारी दिएका छन् । पक्राउ परेका २५ मध्ये दुई जना अस्ट्रिया र इटालीमा रहेका जनाइएको छ ।
रेच्सबर्गर आन्दोलनले आधुनिक जर्मन गणतन्त्रको वैधतालाई अस्वीकार गर्ने नवनाजीहरू, षड्यन्त्र सिद्धान्तवादीहरू र बन्दुक उत्साहीहरु समावेश रहेको छ । संदिग्ध आतङ्कवादी योजना ध्वस्त गरेकोमा न्याय मन्त्री मार्को बुशम्यानले ट्वीटरमार्फत प्रशंसा गर्नु भएको छ । यसले जर्मनीले आफ्नो लोकतन्त्रको रक्षा गर्न सक्षम भएको देखाएको मार्कोले बताउनु भएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी