
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ को विजेता बन्नसक्ने बलियो टीम बेल्जियम समूह चरणबाटै बाहिरिएको छ ।
समूह ‘एफ’बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानाडा प्रतियोगिताबाट बाहिरिएका छन् ।
समूह चरणको अन्तर्गत आज भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क जोडेको बेल्जियम र शुन्य अङ्क भएको क्यानडा समूह चरणबाटै बाहिरिए ।
कतारको अहमद बिन अली रंगशालामा आजै भएको समूह एफ कै अर्को खेलमा क्रोएसिया र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुङ्गिँदा अङ्कका आधारमा बेल्जियम जारी प्रतियोगिताबाट बाहिरिएको छ । बेल्जियमले तीन खेलबाट ४ अङ्क जोड्यो भने समूह चरणका तीन खेलमा कुनै अङ्क नजोेडेको क्यानडा समूहमा पुच्छारमा रह्यो ।
कतारको अल थुमामा रंगशालामा समूह एफ अन्तर्गत आज भएको खेलमा अफ्रिकी राष्ट्र मोरक्कोले क्यानडालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता