
लण्डन । ब्रिटेन नेपाल लयर्स एसोसिएनले संस्थाका संरक्षक प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा बेलायतको द रोयल एसियाटिक सोसाइटीले वार्षिक पुरस्कार स्थापना गरेकोमा प्राध्यापक सुवेदीलाई बधाई ज्ञापन गरेको छ ।
एसोसिएसनका अध्यक्ष सोलिसिटर दीपक भट्टराईले विहीबार एक विज्ञप्ति जारी गर्दै सुवेदीका नाममा प्रतिष्ठित संस्थाद्वारा पुरस्कार स्थापना हुनु गौरवको कुरा भएको बताउनुभएको छ । प्राध्यापक सुवेदी संस्था र संस्थाका सदस्यहरूका लागि उदाहरण बन्नुभएको पनि विज्ञप्तिमा बताइएको छ ।
सोसाइटीले प्राध्यापक सुवेदीका नाममा घोषणा गरेको पुरस्कार पहिलोपटक सन् २०२३ को सेप्टेम्बर महिनामा प्रदान गर्ने योजना छ । पुरस्कार नेपालका बारेमा अंग्रेजीमा प्रकाशित पुस्तक वा लेखलाई प्रदान गरिने छ । पहिलो पटकको पुरस्कारको लागि समयसीमा ३० मार्च २०२३ सम्म तोकिएको छ । पुरस्कारको विजेतालाई प्रवचन दिन पनि अवसर दिइने छ ।
सो पुरस्कार सुवेदीको योगदानको कदर गर्दै डा जेम्स बुसटिलले स्थापना गरेका हुन् ।
प्रोफेसर सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक