
लन्डन। बेलायतमा कार्यरत नेपाली मूलका कानून व्यवसायीहरुको पेशेवर संस्था ब्रिटेन-नेपाल लयर्स एशोसिएसनको अध्यक्षमा सोलिसिटर दीपक भट्टराई सर्वसम्मत चुनिएका छन्।
शनिबार सेन्ट्रल लन्डनस्थित सोआस् युनिभर्सिटी अफ लण्डनमा सम्पन्न एशोसिएसनको चौथो अधिवेसनले सोलिसिटर भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सोलिसिटर उत्तरमान तिगेला, सचिवमा सोलिसिटर जिनिता पन्धक, सहसचिवमा प्रकाश पोखरेल सहसचिव, कोषाध्यक्षमा सोलिसिटर सरिता घर्ती मगर, सहकोषाध्यक्षमा सोलिसिटर रोजन भण्डारी सहकोषाध्यक्ष तथा सदस्यहरुमा सोलिसिटरहरु विष्णु बुढाथोकी र विपिन रेग्मी रहेका छन्।
नयाँ समिति निर्वाचनको प्रक्रियामा निर्वाचन आयुक्तको भूमिका शिवजी श्रेष्ठले निर्वाह गरेका थिए।
एशोसिएसनका निवर्तमान अध्यक्ष ब्यारिष्टर देवेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा झन्डै तीन दर्जन बेलायतस्थित नेपाली कानून व्यवसायी सहभागी थिए ।
नवनिर्वाचित अध्यक्ष भट्टराई बेलायतमा स्थापित नेपाली कानून व्यवसायी हुन्। करिब १५ वर्षदेखि कानुन व्यवसायमा आवद्ध उनले बेलायतस्थित नेपाली कानून व्यवसायीहरुको संगठन, क्षमता विकाससंगै स्थानीय नेपाली समुदायसँगको सहयोग र सहकार्य प्रवर्द्धन हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
अध्यक्ष भट्टराईले बेलायत र नेपालको परिवर्तित कानूनबारे नियमित सेमिनार, नयाँ सोलिसिटरहरुलाई सुझाव सल्लाह र आवश्यक सहयोग गर्ने अठोट पनि व्यक्त गरे ।
नयाँ नेतृत्व चुन्नु अघि प्रमुख अतिथी राजदूत ज्ञानचन्द्र आचार्यले प्रमुख अतिथिको मन्तब्य दिएका थिए भने ब्यारिष्टरसमेत रहेका प्रा डा सूर्यप्रसाद सुवेदी (क्यूसी)ले नेपाल बेलायत सम्बन्धका बारेमा साथै ब्यारिस्टर राफेल जेसुरम र केसी टिम बार्न्सले गोरखाहरुको कानुनी लडाइँका र बेलायतको क्रिमिनल लका बारेमा मन्तव्य दिएका थिए ।
प्रमुख अतिथि राजदूत आचार्यले बेलायत नेपाल सम्बन्ध, बेलायतले नेपालको आर्थिक तथा भौतिक पूर्वाधार विकास, न्यायिक प्रणाली सुधार र नेपालमा ब्रिटिश लगानीका सम्भाव्यता आदिबारे बताए । उनले नेपाल बेलायत सम्बन्धको ऐतिहासिक पक्षमात्र होइन नयाँ आयामहरु समेत खोज्न आफूले पहल गरिरहेको जानकारी दिए ।
प्रा डा सुवेदीले बेलायत र नेपाल दुवै देशले सो देशमा लगानी गर्ने नेपाली तथा बेलायती नागरिकहरुको लगानीको सुरक्षा सम्बन्धमा प्रतिवद्धता व्यक्त गरेकाले बेलायतमा रहेका नेपालीहरुले नेपालमा गरिएको लगानीमा क्षति पुगेमा सोको क्षतिपूर्तिका लागि कानुनी अधिकार प्रयोग गर्नसक्ने बताए ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिस्ट अधिवक्ता गोपालकृष्ण घिमिरे र नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिल पोखरेलले जुममार्फत नेपालबाट सम्बोधन गरेका थिए । घिमिरे र पोखरेलले गैरआवासीय नेपालीको दोहोरो नागरिकता, विदेशबाट ज्ञान र सीप हस्तान्तरण, वैदेशिक लगानी आदि पक्षबारे बोलेका थिए ।
कार्यक्रम निवर्तमान महासचिव तथा अधिवक्ता अमृत खरेल र सचिव जिनिता पन्धाकले सन्चालन गरेका थिए । कार्यक्रमका सहभागीले यस खालको अन्तरक्रिया उपयोगी लागेको जनाउंदै निरन्तरतामा जोड दिएका थिए ।

नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ