
जाकार्ता । पश्चिमी इन्डोनेसियामा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ भने १५१ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुहर्यान्तोले पत्रकार सम्मेलनमा बताएअनुसार “मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ ।
सोमबार इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको ५.६ म्याग्निच्युडको भूकम्पले पनि १,०८३ जना घाइते भएका र ५८,३६२ जनालाई घरबाट भाग्न बाध्य बनाएको थियो। भूकम्पले २१,००० भन्दा बढी घर र पूर्वाधारमा क्षति पुगेको बताइएको छ। भूकम्पपीडितको खोजी तथा उद्धार कार्य अझै जारी रहेको सुहर्यान्तोले बताएका छन् ।
यसअघि मङ्गलबार इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले अधिकारीहरूलाई उद्धारकार्यलाई तीव्रता दिन र प्राथमिकता दिन र पीडितको उद्धार गर्न आग्रह गरेका थिए।
भूकम्पबाट क्षति भएका घरलाई सरकारले करिब एक करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्मको क्षतिपूर्ति दिने घोषणा गरेको छ । राष्ट्रपतिले भूकम्प प्रभावित क्षेत्रको भ्रमणका क्रममा सो गोषणा गरेका हुन् । विडोडोले निर्माण गर्नुपर्ने नयाँ घर भूकम्प प्रतिरोधी हुनुपर्नेमा जोड दिएका छन् ।
सोमबार जकार्ता समय १३:२१ मा गएको भूकम्पको केन्द्रबिन्दु पश्चिमी जाभा प्रान्तको सिआनजुर जिल्लाको १० किलोमिटर दक्षिणपश्चिममा र १० किलोमिटर गहिराइमा रहेको मौसम विज्ञान, मौसम विज्ञान र भूभौतिक निकायले जनाएको छ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ