
वाशिङ्गटन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।
इलोन मस्कले आइतवार ट्रम्पको ट्विटर एकाउन्ट पुनःस्थापना गरेको पुष्टि गरेका छन्। “मानिसहरूले बोलेका छन्। ट्रम्पलाई पुनर्स्थापित गरिनेछ। भोक्स पोपुली, भोक्स देई,” मस्कले ट्वीट गरेका छन् ।
भोक्स पोपुली, भोक्स देई, ल्याटिन वाक्यांश हो जसको अर्थ “जनताको आवाज ईश्वरको आवाज हो।” भन्ने हुन्छ।
यसैबीच मस्कको घोषणापछि ट्रम्पको एकाउन्ट ट्विटरमा पुनः देखा परेको छ ।
पूर्वराष्ट्रपति ट्रम्पको अवरुद्ध ट्विटर खाता शनिबार प्लेटफर्ममा पुन: देखा परेको ट्वीटर कम्पनीका मालिक एलोन मस्कले पुष्टि गरेका छन् । हिंसा भड्काएको आरोपमा पूर्व राष्ट्रपतिमाथिको २२ महिनाको ट्वीटर खाता निलम्बन गरिएको थियो ।
ट्विटरका सीईओ मस्कले माइक्रोब्लगिङ वेबसाइटका प्रयोगकर्ताहरूलाई हिंसा भड्काएको आरोपमा आजीवन प्रतिबन्ध लगाइएका ट्रम्पको खाता पुनर्स्थापना गर्ने कि नगर्ने भन्नेमा मतदान गर्न आग्रह गरेका थिए ।
सर्वेक्षणका अनुसार सो घोषणाको १ घण्टामै १ करोड ५० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताले ट्रम्पको पक्षमा मतदान गरेका थिए ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक