
दोहा । बहुप्रतिक्षीत फिफा विश्वकप सन् २०२२ आइतबारदेखि कतारमा शुरु हुँदैछ।
प्रत्येक चार वर्षमा एक पटक हुने यस फुटबल महामेलामा ३२ टोलीले उपाधिका लागि भिड्दै छन्।
प्रतियोगितामा आयोजक कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स, इङ्ल्यान्ड, इरान, अमेरिका, वेल्स, अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया, स्पेन, कोस्टारिका, जर्मनी, जापान, बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया, ब्राजिल, सर्बिया, स्विजरल्याण्ड, क्यामरुन, पोर्चुगल, घाना, उरुग्वे, र दक्षिण कोरिया भिड्दै छन् ।
फाइनलमा क्रोएसियालाई हराएर २०१८ मा दोस्रो उपाधि जितेको फ्रान्स डिफेन्डिङ च्याम्पियन हो। यी टोलीहरूले विश्व-स्तरीय प्रतियोगिताको बिरूद्ध आफ्नो मुकुटको रक्षा गर्ने लक्ष्य राख्नेछन्।
अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीका लागि यो अन्तिम विश्वकप हुनेछ । उनी अहिलेसम्मकै उत्कृष्ट फुटबलरमध्ये एक मानिन्छन्। ३७ वर्षीय क्रिस्टियानो रोनाल्डोले अन्तिम पटक खेल्ने सम्भावना पनि उत्तिकै छ ।
यो फूटबल विश्वकप पहिलो पटक मध्यपूर्वले कार्यक्रम आयोजना गरेको हो। विश्वकप पहिलोपटक शरद याममा हुँदैछ ।
कतारका ८ वटा रंगशालामा यस प्रतियोगिताका ६४ खेल आयोजना हुनेछन् ।
उद्घाटन खेलमा कतार र इक्वेडरले भारतीय समयअनुसार राति ९:३० बजेदेखि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता भरका खेलहरू १२:३० पूर्वान्ह, ३:३० अपरान्ह, ६:३० अपरान्ह, ९:३० पूर्वान्ह मा हुँदैछन् । डिसेम्बर ३ देखि राउन्ड अफ १६ ले प्रतियोगिताको नकआउट चरणको शुरुवात हुनेछ।
त्यसैगरी डिसेम्बर ९ बाट क्वाटरफाइनल र डिसेम्बर १४ बाट सेमिफाइनल खेल हुनेछ ।
उपाधि भिडन्त डिसेम्बर १८ मा लुसेलको लुसेल आइकोनिक स्टेडियममा हुनेछ ।
प्रतियोगी विभिन्न समूहहरू यस प्रकार छन् :
समूह ए: कतार (एच), इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स
समूह बी: इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स
समूह सी: अर्जेन्टिना, साउदी अरब, मेक्सिको, पोल्याण्ड
समूह डी : फ्रान्स, अस्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
समूह ई: स्पेन, कोस्टारिका, जर्मनी, जापान
समूह एफ: बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया
समूह जी: ब्राजिल, सर्बिया, स्विजरल्याण्ड, क्यामरुन
समूह एच : पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता