
दोहा । बहुप्रतिक्षीत फिफा विश्वकप सन् २०२२ आइतबारदेखि कतारमा शुरु हुँदैछ।
प्रत्येक चार वर्षमा एक पटक हुने यस फुटबल महामेलामा ३२ टोलीले उपाधिका लागि भिड्दै छन्।
प्रतियोगितामा आयोजक कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड्स, इङ्ल्यान्ड, इरान, अमेरिका, वेल्स, अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड, फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया, स्पेन, कोस्टारिका, जर्मनी, जापान, बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया, ब्राजिल, सर्बिया, स्विजरल्याण्ड, क्यामरुन, पोर्चुगल, घाना, उरुग्वे, र दक्षिण कोरिया भिड्दै छन् ।
फाइनलमा क्रोएसियालाई हराएर २०१८ मा दोस्रो उपाधि जितेको फ्रान्स डिफेन्डिङ च्याम्पियन हो। यी टोलीहरूले विश्व-स्तरीय प्रतियोगिताको बिरूद्ध आफ्नो मुकुटको रक्षा गर्ने लक्ष्य राख्नेछन्।
अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीका लागि यो अन्तिम विश्वकप हुनेछ । उनी अहिलेसम्मकै उत्कृष्ट फुटबलरमध्ये एक मानिन्छन्। ३७ वर्षीय क्रिस्टियानो रोनाल्डोले अन्तिम पटक खेल्ने सम्भावना पनि उत्तिकै छ ।
यो फूटबल विश्वकप पहिलो पटक मध्यपूर्वले कार्यक्रम आयोजना गरेको हो। विश्वकप पहिलोपटक शरद याममा हुँदैछ ।
कतारका ८ वटा रंगशालामा यस प्रतियोगिताका ६४ खेल आयोजना हुनेछन् ।
उद्घाटन खेलमा कतार र इक्वेडरले भारतीय समयअनुसार राति ९:३० बजेदेखि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता भरका खेलहरू १२:३० पूर्वान्ह, ३:३० अपरान्ह, ६:३० अपरान्ह, ९:३० पूर्वान्ह मा हुँदैछन् । डिसेम्बर ३ देखि राउन्ड अफ १६ ले प्रतियोगिताको नकआउट चरणको शुरुवात हुनेछ।
त्यसैगरी डिसेम्बर ९ बाट क्वाटरफाइनल र डिसेम्बर १४ बाट सेमिफाइनल खेल हुनेछ ।
उपाधि भिडन्त डिसेम्बर १८ मा लुसेलको लुसेल आइकोनिक स्टेडियममा हुनेछ ।
प्रतियोगी विभिन्न समूहहरू यस प्रकार छन् :
समूह ए: कतार (एच), इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स
समूह बी: इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स
समूह सी: अर्जेन्टिना, साउदी अरब, मेक्सिको, पोल्याण्ड
समूह डी : फ्रान्स, अस्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
समूह ई: स्पेन, कोस्टारिका, जर्मनी, जापान
समूह एफ: बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया
समूह जी: ब्राजिल, सर्बिया, स्विजरल्याण्ड, क्यामरुन
समूह एच : पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त