
नुसा दुआ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वाता द्वन्द्व टार्ने प्रतिवद्धतासहित सम्पन्न भएको छ ।
ताइवान र अन्य विषयमा महिनौंदेखि जारी तनावपछि जी–ट्वन्टी शिखर सम्मेलनअघि रिसोर्ट टापुमा लामो समयदेखि प्रतिक्षा गरिएको बैठक सुरु गर्नुअघि सी र बाइडेनले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाउनुभएको थियो ।
बेइजिङ र वासिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्’ भनेर देखाउन ‘जिम्मेवारी साझा’ गरेको बाइडेनले बताउनुभएको छ ।
पछिल्ला केही दशकमा चीनका सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित चिनियाँ राष्ट्रपति सीले तेस्रो कार्यकालका लागि निर्बाचित हुनुभएपछि भएको अमेरिकी राष्ट्रपतिसँगको पहिलो प्रत्यक्ष भेटमा बाइडेनसलाई विश्व ‘दोबाटोमा आइपुगेको’ बताउनुभएको छ ।
“चीन र संयुक्त राज्य अमेरिकाले सम्बन्धलाई राम्रोसँग सम्हाल्नेछन् भन्ने विश्वले अपेक्षा गरेको छ,” चिनियाँ राष्ट्रपति सीले बताउनुभयो ।
उत्साहजनक सार्वजनिक भनाइहरूको बावजुद दुवै देशहरू एक अर्काप्रति बढ्दो शङ्का गरिरहेका छन्, संयुक्त राज्य अमेरिकालाई चीनले ताइवानकब्जा गर्ने समयसीमा बढाएको भन्ने डर छ ।
अमेरिकी अधिकारीहरूले बैठकअघि बाइडेनले चीनसँगको सम्बन्धमा ‘गार्डरेल’ स्थापना गर्ने र विश्वका दुई ठूला अर्थतन्त्रलाई द्वन्द्वमा धकेल्न सक्ने ‘रेड लाइन’बाट कसरी बच्न सकिन्छ भन्नेबारे आकलन गर्ने आशा व्यक्त गरेका थिए ।
सबैभन्दा संवेदनशील विषय ताइवान हो, जुन चीनको तर स्वशासित क्षेत्र हो ।
संयुक्त राज्य अमेरिकाले ताइवानलाई समर्थन बढाइरहेको छ भने चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिने धम्की दिइरहेको छ । गत अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइपेइको भ्रमण गरेपछि चीनले अभूतपूर्व सैन्य अभ्यास गरेको थियो ।
सीसँगको वार्ताको पूर्वसन्ध्यामा बाइडेनले कम्बोडियामा दक्षिणपूर्वी एशियाली शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गर्नुभएको थियो ।
प्योङयाङले आफ्नो सातौँ आणविक परीक्षण गर्ने डर बढेपछि बाइडेनले चीनलाई सहयोगी उत्तर कोरियामाथि लगाम लगाउन दबाब दिने अपेक्षा गरिएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ