
दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको समन्वयमा मङ्सिर २६, २७ र २८ गते सम्मेलन आयोजना गर्न लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशीले जानकारी दिनुभयो ।
विश्वविद्यालय स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो । सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न नौ देश विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
“सुदूरपश्चिम क्षेत्र भौगोलिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, प्राकृतिक तथा वातावरणीय रूपमा धनी छ”, जोशी भन्नुभयो, “यस क्षेत्रका सम्भाव्यता बारेमा अध्ययन अनुसन्धान गरी प्रवर्धन गर्ने उद्देश्यले सम्मेलनको गरिन लागेको हो ।”
विश्वविद्यालय ज्ञान उत्पादनको क्षेत्र भएकाले त्यसलाई बिस्तार गर्ने थलोका रूपमा विकास हुने उहाँको भनाइ छ । “सम्मेलनमा पश्चिमसेती परियोजना र गेटा मेडिकलका विषयमा समेत बहस हुन्छ”, उहाँले भन्नुभयो, “अक्सफोर्ड विश्वविद्यालयलगायत अन्य देशका ख्यातिप्राप्त विश्वविद्यालयका प्रोफेसरहरुलाई आमन्त्रण गरिएको छ ।”
ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल बेलायतका प्रतिनिधि एवम् सम्मेलन आयोजक समितिका उपसभापति डा कृष्ण अधिकारीले यो बहुविधाको सम्मेलनका रूपमा रहने बताउनुभयो । “सम्मेलनमा भर्चुअल तथा प्रत्यक्ष रूपमा पनि सहभागी हुनसक्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।
आयोजक समितिका सदस्य सचिव एवम् सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले सम्मेलनले विभिन्न विधाको विकासमा सहयोग पुर्याउने र सुदूरपश्चिमका सम्भावनाहरुको उत्खनन गर्ने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालयले भाषा, साहित्य अनुसन्धान केन्द्र स्थापना गरी नौ वटै जिल्ला लोक कथा सङ्कलनसमेत गरिरहेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान