काठमाडौँ । अभिनेता सरोज खनालले निर्देशक बन्नुभएको छ । हालै काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उहाँको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’ शीर्ष गीत ‘उडी छुनु छ आकाश’को लिरिकल भिडियो तथा टिजर सार्वजनिक गरिएको थियो ।
गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको सङ्गीत र वानिका प्रधानको स्वर रहेको छ । अभिनेत्री बसुन्धरा भुसाल, नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ लगायतको अभिनय रहेको फिल्ममा स्वयम् निर्देशक खनालले समेत अभिनय गर्नुभएको छ ।
सयभन्दा बढी फिल्ममा अभिनय गरिसक्नु भए तापनि निर्माण तथा निर्देशनमा भने अभिनेता खनाल जोडिनु भएको थिएन् । पटकथासमेत स्वयम्ले लेख्नुभएको फिल्मको कथा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराउनुभएको कथा सङ्ग्रहबाट ‘बगान’ बाट तयार गरिएको उहाँले जानकारी दिनुभयो । “पुस्तक पढ्ने क्रममा म स्वप्न नीरवजीको कथामा अड्किएँ । उहाँले छाड्नु भएको प्रश्नको जवाफ हामीले दिनैपर्छ भन्ने लाग्यो”, अभिनेता खनालले पत्रकार सम्मेलनमा भन्नुभयो,“लेखकले आफ्नो दायित्व पूरा गर्नुभयो । उहाँले उठाएको मुद्दालाई अन्य व्यक्तिले समाजमा उजागर गर्नुपर्छ भन्ने लगेर पटकथा तयार गर्दै फिल्म निर्देशक बनेको हुँ । ”
विधवा पिताको मात्रै होइन विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिएको अभिनेतासमेत रहनुभएका निर्देशक खनालले बताउनुभयो । नारायण जिसी र उत्सव दाहालले छायाङ्कन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन गर्नुभएको हो । फिल्म अगामी फागुन १२ गतेबाट प्रदर्शनमा आउनेछ ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा