
काठमाडौँ । नेपाली कांग्रेसले एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र)मा सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यअनुरुप एक दशकभित्र एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ ।
खानेपानी संस्थानलाई सस्तोमा बिजुली उपलब्ध गराउने, सहरलाई सफा बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू हरेक नगरपालिकामा सञ्चालन गर्ने सङ्कल्पपत्रमा उल्लेख छ । फोहर पानी प्रशोधन केन्द्र हरेक प्रमुख सहरमा सुरु गरी घर, कारखाना तथा व्यवसायका फोहर पानी बिनाप्रशोधन सिधै नदीमा नपुग्ने व्यवस्था गरिने, ठूला सहरमा जलाशयबाट पानी आपूर्ति गर्ने र त्यो आपूर्तिलाई नियमितरूपमा प्रयोगशालामा परीक्षण गर्ने पद्धति स्थापित गर्ने जनाएको छ ।
यस्तै इन्टरनेटको पहुँच अधिकांश विद्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक भवनसम्म पुर्याइने र शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई इन्टरनेटको माध्यमबाट रुपान्तरण गरिने बताइएको छ । कोहलपुर, खुमलटार तथा धरानमा डाटा केन्द्र तथा बुटवलमा इन्टरनेट एक्सचेन्ज केन्द्र बनाइने घोषणापत्रमा उल्लेख छ ।
साइबर सुरक्षालाई विशेष ध्यान दिई ‘डिजिटल नेपाल’ फ्रेमवर्क लागू गरिने, सबै सरकारी सेवालाई यथाशक्य अनलाइनमा उपलब्ध गराइ जनताले लाइन लागेर सरकारी सुविधा लिनुपर्ने स्थितिको अन्त्य गरिने, हुलाक सेवाको आधुनिकीकरण गर्दै सरकारी दस्तावेज ओसारपसार गर्ने र पासपोर्टलगायतका जनसाधारणलाई अतिआवश्यक दस्तावेजलाई घरमै पु¥याउने काममा हुलाकलाई प्रयोग गरिने कांग्रेसको सङ्कल्पपत्रमा उल्लेख छ ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व