सान फ्रान्सिस्को । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले लामो कानुनी लडाइ र महिनौंको अनिश्चिततापछि सामाजिक सञ्जाल ट्विटर किनेका छन्। उक्त सामाजिक सञ्जाल कम्पनीलाई उनले ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेका हुन् ।
एलन मस्कले प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालसहित अन्य दुई जना वरिष्ठ व्यवस्थापकलाई जिम्मेवारीबाट हटाएका छन् । गत अप्रिलमा उनले उक्त कम्पनी खरिदसम्बन्धी सम्झौता गरेका थिए । सम्झौतापछि उनी पुनः पछि हटेका थिए तर यसै महिनाको प्रारम्भमा फेरि कम्पनी किन्ने अभिरूचि देखाएका थिए ।
कम्पनी र उनीबीचको कानुनी लडाइँलाई टुङ्ग्याउन डेलावेयरका न्यायाधीशले शुक्रबारसम्ममा सम्झौतालाई अन्तिम रूप दिन आदेश दिएका थिए । मस्कले कम्पनीको बोलपत्र तयार गर्नुअघि गत अप्रिलमा पराग अग्रवालसँग उनको विवाद भएको थियो । मस्कले कम्पनीलाई अब कसरी नेतृत्व गर्छन् भन्नेमा सबैको चासो बढेको छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म