नयाँदिल्ली । लद्दाख सीमा झडप पछि चीनसँग चिसिएको भारतको सम्बन्धलाई पुनः सुमधुर तुल्याउने चाहना नयाँदिल्लीले व्यक्त गरेको छ ।
भारतीय विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले भारतमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बेइजिङ फर्कन लागेका चिनियाँ राजदूत सुन वेइडोङसँगको बिदाई भेटपछि सामाजिक सञ्जालमा चीनलाई चिढ्याउने साउथ ब्लकको चाहना नभएको अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
चीन–भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई अक्षुण्ण राख्न अपरिहार्य भएको बताउँदै विदेशमन्त्रीले भारत–चीन सम्बन्ध सामान्यीकरण हुनु दुवै देशका लागि मात्र नभई एशिया र समग्र विश्वको हितमा रहेको उल्लेख गरेका छन् । सन् २०२० को दोक्लाम झडपपछि दुवै पक्षले आपसी सम्बन्धलाई व्यवस्थित गर्ने प्रयास गरिरहेका छन् । भारत–चीन सम्बन्धको विकास आपसी हितका तीनवटा साझा मान्यताद्वारा निर्देशित भएको विदेशमन्त्रीले ट्वीटरमा दोहोर्याएका छन् ।
यसैबीच, चिनियाँ राजदूत सुनले भारत र चीनबीचका मतभेद समाधान गर्दै एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिएका छन् । “दुई देशको साझा हित मतभेदभन्दा बृहत् छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ, चीन र भारतका लागि विश्वमा पर्याप्त ठाउँ छ एक–अर्काको मामिलामा हस्तक्षेप नगरौं,” नयाँदिल्लीस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको राजदूत सुनको बिदाइ मन्तव्यमा भनिएको छ ।
बिदाइ वक्तव्यमा चिनियाँ राजदूतले महत्वपूर्ण छिमेकी चीन र भारतबीच केही मतभेद हुनु स्वाभाविक हो तर मतभेदलाई कसरी सम्हाल्ने भन्ने विषय महत्वपूर्ण भएको उल्लेख गरेका छन् । बेइजिङ र नयाँदिल्लीले मतभेदको व्यवस्थापन र समाधानको प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले चीन–भारत सम्बन्धलाई मतभेदले परिभाषित गर्नुको सट्टा वार्ता र परामर्शबाट उचित समाधान खोज्नुपर्ने तर्क गरेका छन् ।
हजारौँ वर्षदेखिको चीन र भारतबीचको मैत्रीलाई एक–अर्काका प्राचीन पूर्वीय सभ्यताले जोडेको बताउँदै चिनियाँ राजदूतले विश्वमा एक अर्बभन्दा बढी जनङ्ख्या भएका दुवै देश राष्ट्रिय विकास र कायाकल्पको महत्वपूर्ण अवधिमा रहेका तथा विकास प्रयासमा भएका चुनौतीपूर्ण कार्य अतुलनीय रहेको उल्लेख गरेका छन् ।
‘चीन र भारतबीच सँगै विकास गर्न विश्वमा पर्याप्त ठाउँ रहेको, दुवै देशका जनताको शान्तिपूर्ण जीवनयापन गर्ने चाहनामा तुषारापत हुन नदिन एशियाका विशाल उदीयमान छिमेकी मुलुकबीच विजय–पराजयको होडभन्दा आपसी सहयोग बढाउनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान