
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ माओत्से तुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयताकै चीनको सबैभन्दा प्रभावशाली नेता बनेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ पुनः महासचिवमा निर्वाचित भएपछि यसअघि दुई कार्यकाल मात्र नेतृत्वमा रहने परम्परा समाप्त भएको छ ।
सि चिनपिङ नै आगामी मार्चबाट राष्ट्रपतिका रुपमा कार्यकाल सम्हाल्ने छन् । यो आधुनिक चिनियाँ इतिहासमै नयाँ प्रयोग हो । किनभने माओबाहेक कोही पनि दुई कार्यकालभन्दा बढी पार्टी नेतृत्व र सरकारको नेतृत्वमा रहेका थिएनन् ।
सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो । उक्त सत्रमा सीले पार्टीको सात स्थायी समितिको सदस्य पनि नियुक्त गर्नुभएको छ । जसमा लि चियाङलाई दोस्रो वरियतामा राखिएको छ । उनी आगामी मार्चदेखि प्रधानमन्त्री बन्ने छन् । चीनमा पार्टीको दोस्रो वरियताको नेताले प्रधानमन्त्री सम्हाल्ने र प्रधानमन्त्री आथिएक नीतिको प्रमुख रहने परम्परा छ । तर सि चिनपिङले उपप्रधानमन्त्रीहरुबाट प्रधानमन्त्री बनाउने परम्परालाई तोडेका छन् ।
स्थायी समितिका अन्य सदस्यहरुमा चाओ ल झी, वाङ हुनिङ, छि छाइ, डिङ सुयसियङ र लि सी रहेका छन् ।
सीपीसीको सूचीकृत २०५ केन्द्रीय सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन् ।
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना : समृद्धिको लक्ष्य प्राप्ति आजको आवश्यकता
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका