सन्दीप लामिछाने थप चार दिन थुनामा

(Photo by Barsha SHAH / AFP) (Photo by BARSHA SHAH/AFP via Getty Images)

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ ।
प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ ।
लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री