गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ ।
गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदकसहित कूल एक सय ६० पदक हात पारेको छ । प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ३० स्वर्ण, २४ रजत र ३७ कांस्य पदकसहित ९१ पदक हात पारेको छ ।
त्यस्तै अर्को विभागीय टिम एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ कांस्य पदकसहित कूल एक सय दुई पदक हात पारेको छ । प्रतियोगितामा बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कांस्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कास्य पदकसहित ५३ पदक हात पारेको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, तीन रजत र १६ कांस्यसहित २६ पदक, एनआरएनएले छ स्वर्ण, छ रजत र चार कांस्यसहित १६ पदक, मधेस प्रदेशले पाँच स्वर्ण, पाँच रजत र १४ कांस्य पदकसहित २४ पदक तथा प्रदेश १ ले तीन स्वर्ण १४ रजत र ३० कांस्यसहित ४७ पदक जितेका छन् ।
लुम्बिनी प्रदेशले दुई स्वर्ण, १२ रजत र १७ कांस्यसहित ३१ तथा कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र तीन कांस्यपदक सहित पाँच पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गतका खेल जारी छन् ।
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण