गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ ।
प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा पर्नुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको तर्फबाट सहभागी २६ वर्षीय निशिम पोखरा सराङकोटबाट उडान भर्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो । “उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो”, एक प्रत्यक्षदर्शीले भने, “उनी सोझै पोखरा–१८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खस्न पुगे । जहाँ उनको दुःख निधन भयो ।”
लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी निशिम पोखरा– १० का बासिन्दा हुन । उहाँको घर भने गोरखा पालुङटार हो । प्याराग्लाइडिङ खेलाडीको छाता संस्था एफएआइका कम्पिटिसन वरियता प्राप्त खेलाडीसमेत रहनु भएको थियो ।
मृतक थपामगरको शव पोखरा–८ सिर्जनाचोकस्थित मेट्रो अस्पतालमा रहेको छ । दुर्घटनाबाट प्रतियोगि खेलाडीको निधन भएपछि आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेल रद्द भएको आयोजकले जनाएको छ ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा