गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आज प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ ।
प्रतियोगिता अन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा पर्नुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको तर्फबाट सहभागी २६ वर्षीय निशिम पोखरा सराङकोटबाट उडान भर्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो । “उडानलगत्तै उनको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो”, एक प्रत्यक्षदर्शीले भने, “उनी सोझै पोखरा–१८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खस्न पुगे । जहाँ उनको दुःख निधन भयो ।”
लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी निशिम पोखरा– १० का बासिन्दा हुन । उहाँको घर भने गोरखा पालुङटार हो । प्याराग्लाइडिङ खेलाडीको छाता संस्था एफएआइका कम्पिटिसन वरियता प्राप्त खेलाडीसमेत रहनु भएको थियो ।
मृतक थपामगरको शव पोखरा–८ सिर्जनाचोकस्थित मेट्रो अस्पतालमा रहेको छ । दुर्घटनाबाट प्रतियोगि खेलाडीको निधन भएपछि आज हुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेल रद्द भएको आयोजकले जनाएको छ ।
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी