
मनाङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि यही मंसिर ४ गत हुने निर्वाचनका क्रममा हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे (राजीव गुरुङ) निर्विरोध निर्वाचित हुनुभएको छ ।
मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ता लिएपछि मनाङ्गे निर्विरोध निर्वाचित हुनुभएको हो ।
मनाङ्गेलाई आजै निर्विरोध निर्वाचित भएको घोषणा गरिने मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिनुभयो । मनाङ्गे विसं २०७४ मा पनि स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य हुनुभएको थियो । गुरुङ हाल गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक