
काठमाडौँ । नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले हिरासतमा राख्न सात दिन म्याद थप गरेको छ ।
अदालतले यही असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको हो ।
प्रहरीले आज लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस गरेको थियो । म्याद थपका क्रममा न्यायाधीश दयाराम ढकालसमक्ष लामिछानेले आफू निर्दोष भएको र आफूले जबरर्जस्ती करणी नगरेको जिकिर गर्नुभएको अधिवक्ता शक्ति पाठकले जानकारी दिनुभयो ।
अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएको र नाबालिका नभएकोसमेत न्यायाधीश समक्ष राख्नुभएको छ । लामिछानेलाई पहिलो पटक म्याद थप गर्न अदालतमा लगिएको हो र दोस्रो म्याद थपका लागि यही असोज २७ गते अदालत पेस गर्नुपर्नेछ ।
लामिछानेलाई नाबालिकामाथि जबरर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले यही असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो । दसैँ बिदापछि आजदेखि अदालत खुलेको हुनाले म्याद थपका लागि लगेको हो ।
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण