ओस्लो । युद्ध अपराध र अधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणका लागि काम गरेपापत बेलारुसका मानव अधिकारवादी एलेस बियालियात्स्की, रुसको मेमोरियल समूह र युक्रेनको सेन्टर फर सिभिल लिबर्टीजलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।
समितिले सन् २०२१ देखि बेलारुसको जेलमा रहेका बियालियात्स्कीको रिहाईको माग गरेको छ ।
“उनीहरूले युद्ध अपराध, मानव अधिकार उल्लङ्घन र शक्तिको दुरुपयोगलाई दस्तावेजीकरण गर्न उत्कृष्ट प्रयास गरेका छन् । नर्वेजियन नोबेल कमिटीका प्रमुख बेरिट रीस एन्डरसनले भन्नुभयो, “उनीहरूले मिलेर शान्ति र लोकतन्त्रका लागि नागरिक समाजको महत्वलाई दर्शाएका छन् ।
गत वर्षको शान्ति पुरस्कारले प्रेस स्वतन्त्रताका दुई विजेता फिलिपिन्सकी पत्रकार मारिया रेसा र उनका रुसी सहकर्मी दिमित्री मुरातोभलाई सम्मान गरेको थियो ।
यो पुरस्कारमा स्वर्ण पदक, प्रमाणपत्र र १० मिलियन स्वीडिश क्रोनर (करिब नौ लाख अमेरिकी डलर) को पुरस्कार राशी रहेको छ ।
सन् १८९६ मा स्वीडिस आविष्कारक तथा परोपकारी अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा ओस्लोमा आयोजित एक औपचारिक समारोहमा सो पुरस्कार प्रदान गरिनेछ ।
रीस–एन्डरसनले बियालियात्स्की उपस्थित हुन सक्षम हुने आशा व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “हामी आशा गर्छौं । उहाँ ओस्लोमा आउनुहुनेछ र सम्मान प्राप्त गर्नुहुनेछ ।” शान्ति पुरस्कार ओस्लोबाट प्रदान गरिएको एक मात्र नोबेल पुरस्कार हो, अन्य विधाहरू स्टकहोमबाट घोषणा गरिएको छ ।
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण