
लेखनाथ । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधिस्थललाई तीव्रता दिइएको छ ।
पाँच अर्ब रुपियाको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलाई तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रष्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले दिनुभयो । पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता पाउन सकेको थिएन ।
गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)का पदाधिकारीसहितको टोली बिहीबार समाधिस्थल पुगी निर्माणलाई तीव्रता दिने जनाइएको हो । बेलायती सेनामा भर्ना भई प्रथम र दोस्रो युद्धमा मृत्यु भएका ६० हजार नेपालीको स्मृतिमा निर्माणाधीन उक्त समाधि निर्माणमा हालसम्म रु १५ करोड खर्च भइसकेको छ ।
पूर्वगोर्खा सैनिकहरूद्वारा पैसा उठाएर विस २०७१ देखि समाधिको निर्माण सुरु गरिएको हो । समाधि निर्माणसँगै गाउँमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने आशा फेदीखोला गाउँवासीको छ । फेदीखोला –१ का वडाध्यक्ष अमृत क्षेत्रीले गोरखा स्मारक निर्माण सम्पन्न ग¥यौँ भने साल्मेडाँडामा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लाग्ने बताउनुभयो ।
पछिल्ला वर्षमा प्रदेश सरकार र स्थानीय सरकारले समेत समाधि निर्माणका लागि रु तीन करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । गेसोका अध्यक्ष पदमबहादुर गुरुङले समाधि निर्माण सबैको सहयोगमा सम्पन्न गर्ने बताउनुभयो । गेसोले गोरासरह पेन्सन र समान सुविधा गोर्खालाई पनि उपलब्ध गराउनुपर्ने, विश्व युद्धबन्दी र युद्धमा मारिएका ६० हजारका परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतको अधिकार माग गर्दै बेलायती अदालतमा मुद्दा दर्ता गरी २७ वर्षदेखि लड्दै आएको जानकारी अध्यक्ष गुरुङले दिनुभयो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित