
काठमाडौँ । भारतको डा एपिजे अब्दुल कलाम फाउन्डेशनले नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) लाई उहाँले कविता र साहित्यमा उत्कृष्ट दिएको योगदानको मूल्याङ्कन गर्दै ‘डा एपिजे अब्दुल कलाम अवार्ड २०२२’प्रदान गर्ने भएको छ ।
फाउन्डेशनले भारतका पूर्वराष्ट्रपति कलामको ९१ औँ जन्मजयन्तीका अवसरमा आगामी १५ अक्टोबर (असोज २९ गते) पश्चिम बङ्गालमा हुने कार्यक्रममा माइलालाई सम्मान ग्रहणका लागि निमन्त्रणा पठाइएको छ । समारोहमा भारत र नेपालका संस्कृतिकर्मीबाट सांस्कृतिक, साहित्यिक र सामाजिक गतिविधि हुने जनाइएको छ ।
यसैबीच नेपाल सरकारको मन्त्रिपरिषद्को यही असोज ७ गतेको बैठकले उहाँको सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकामा उक्त रकमका वृद्धि गरी मासिक रु ५० हजार उपलब्ध गराउने निर्णय गरेका स्रष्टा राईले सरकारलाई धन्यवाद दिनुभएको छ । गणतन्त्र स्थापनापछि २०६३ सालमा गठित राष्ट्रियगान चयन कार्यदलको सिफारिसबमोजिम माइलाको ‘सयौँ थुङ्गा फूलका हामी…’ छनोट भएको थियो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित