
लिस्बन । दोलखाको गौरीशङ्करमा निर्माणाधीन गुम्बाका लागि पोर्चुगलमा सङ्कल गरिएको सहयोग रकम गुम्बा व्यवस्थापन समितिलाई प्रदान गरिएको छ ।
जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ७ सिक्पासोरमा निर्माणाधीन यार्जाङ गुम्बाका लागि यहाँ सङ्कलन गरिएको रु १२ लाख ५५ हजार छ सय १४ सहयोग रकम प्रदान गरिएको हो । सङ्कलित रकम रेमिट्यान्समार्फत गुम्बा व्यवस्थापन समितिलाई पठाइएको सहयोग सङ्कलन समितिका संयोजक धनराज शेर्पाले जानकारी दिनुभयो ।
निर्माणाधीन गुम्बाको निर्माण सम्पन्न गर्न रकम अपुग भएपछि प्रवासमा सहयोग सङ्कलन अभियान सञ्चालन गरेर आर्थिक सङ्कलन गरिएको शेर्पाले बताउनुभयो ।
शेर्पाले राजधानी लिस्बनमा सञ्चालन गरेको एभरेष्ट रेष्टुरेन्टमा राखिएको दान बाकसमा जम्मा भएको रु दुई लाख ११ हजार चार सय दुई, पोर्चुगलमा सङ्कलन गरिएको रु दुई लाख ३७ हजार पाँच सय ९८, शेर्पाले व्यक्तिगतरुपमा प्रदान गरेको रु एक लाख ५१ हजार र बेल्जियममा सङ्कलन भएको रु छ लाख ५५ हजार छ सय १४ गरी कूल रु १२ लाख ५५ हजार छ सय १४ गुम्बा व्यवस्थापन समितिलाई प्रदान गरिएको जानकारी दिनुभयो ।
गुम्बाका सल्लाहकारसमेत रहनुभएका शेर्पा र वाङ्गेल लामाको पहल तथा सक्रियतामा पोर्चुगल र बेल्जियममा सहयोग रकम सङ्कलन गरिएको हो । गुम्बा निर्माणका लागि रु १५ लाख सहयोग गर्ने लक्ष्यअनुरुप सहयोग सङ्कलन गरिएको र अझै अभियान जारी रहेको शेर्पाले बताउनुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल