
लिस्बन । दोलखाको गौरीशङ्करमा निर्माणाधीन गुम्बाका लागि पोर्चुगलमा सङ्कल गरिएको सहयोग रकम गुम्बा व्यवस्थापन समितिलाई प्रदान गरिएको छ ।
जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ७ सिक्पासोरमा निर्माणाधीन यार्जाङ गुम्बाका लागि यहाँ सङ्कलन गरिएको रु १२ लाख ५५ हजार छ सय १४ सहयोग रकम प्रदान गरिएको हो । सङ्कलित रकम रेमिट्यान्समार्फत गुम्बा व्यवस्थापन समितिलाई पठाइएको सहयोग सङ्कलन समितिका संयोजक धनराज शेर्पाले जानकारी दिनुभयो ।
निर्माणाधीन गुम्बाको निर्माण सम्पन्न गर्न रकम अपुग भएपछि प्रवासमा सहयोग सङ्कलन अभियान सञ्चालन गरेर आर्थिक सङ्कलन गरिएको शेर्पाले बताउनुभयो ।
शेर्पाले राजधानी लिस्बनमा सञ्चालन गरेको एभरेष्ट रेष्टुरेन्टमा राखिएको दान बाकसमा जम्मा भएको रु दुई लाख ११ हजार चार सय दुई, पोर्चुगलमा सङ्कलन गरिएको रु दुई लाख ३७ हजार पाँच सय ९८, शेर्पाले व्यक्तिगतरुपमा प्रदान गरेको रु एक लाख ५१ हजार र बेल्जियममा सङ्कलन भएको रु छ लाख ५५ हजार छ सय १४ गरी कूल रु १२ लाख ५५ हजार छ सय १४ गुम्बा व्यवस्थापन समितिलाई प्रदान गरिएको जानकारी दिनुभयो ।
गुम्बाका सल्लाहकारसमेत रहनुभएका शेर्पा र वाङ्गेल लामाको पहल तथा सक्रियतामा पोर्चुगल र बेल्जियममा सहयोग रकम सङ्कलन गरिएको हो । गुम्बा निर्माणका लागि रु १५ लाख सहयोग गर्ने लक्ष्यअनुरुप सहयोग सङ्कलन गरिएको र अझै अभियान जारी रहेको शेर्पाले बताउनुभयो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित