
काठमाडौँ । राजस्व अनुसन्धान विभागले अनाधिकृत रुपमा परिवत्र्य विदेशी विनिमय अवैध रुपमा ओसारपसार गरेको अभियोगमा सतमान पुनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले पुनले आठ हजार दुई सय ३० बराबरको यूरो अनाधकिृत रुपमा विदेश लैजान खोजेको आरोप लगाएको छ ।
पुन गत असार २४ गते पुन काठमाडौँबाट दोहा हुँदै बेल्जियम जान लागेका थिए ।
रुकुमपूर्व उत्तरगङ्गा–१० घर भई बेल्जियमको नागरिकसमेत भइसकेका पुन विदेशी विमिनय अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए । कुनै पनि विदेशी नागरिकले नेपाल आउँदा ल्याएको रकम भन्सार स्वघोषणा गरेको बाहेक पाँच हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य मुद्रा मात्रै फिर्ता लैजान पाउने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयसम्बन्धी परिपत्रको समेत पुनले बर्खीलाप गरेको पाइएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले गत भदौ ३० गते पुनविरुद्ध मुद्दा दायर गरेको भए पनि आवश्यक प्रक्रिया पुर्याउन समय लागेकाले आज विज्ञप्तिमार्फत जानकारी दिएको जनाएको छ ।
यस्तै विभागले भारतीय नागरिक अंकुर घनश्याम पटेलविरुद्ध पनि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । विभागका अनुसार आरोपी पटेलले पनि रु छ लाख ३५ हजार चार सय बराबरको विदेशी परिवत्र्य मुद्रा अनाधिकृत रुपमा विदेश लैजान खोजेको पाइएको छ । विभागले आरोपी पटेलले विदेश लैजान खोजेको रकम जफथ गरी जरीवाना समेत माग दाबी गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित