
लण्डन । नेपाललाई माया गर्ने बेलायत माथिल्लो संसदका सदस्य लर्ड शेखको विहीबार निधन भएको छ ।
उहाँ ८१ वर्षको हुनुहुन्थ्यो ।
युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमको अध्यक्ष र बेलायती संसदमा नेपालसम्बन्धी सर्वदलीय समितिको उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो ।
बेलायतस्थित नेपाल दुताबासले लर्ड शेखले नेपाल र बेलायतबीचको सम्बन्ध बलियो बनाउन खेलेको भूमिका सदा स्मरणीय रहने बताएको छ ।
बेलायतका लागि पूर्व नेपाली राजदुत तथा हाल जापानका लागि राजदुत डा दुर्गाबहादुर सुवेदीले लर्ड शेखको निधनबाट नेपालको असल मित्र तथा नेपाली सँस्कृति र प्रकृतिलाई असाध्यै माया गर्ने व्यक्ति गुमाएको बताएका छन् ।
भारत राजस्थान पुर्ख्यौली घर भएका लर्ड शेख धेरै पुस्ताअघि युगाण्डा गएका थिए । युगाण्डामा सफल व्यवसायी रहेका शेख त्यहाँबाट खाली हात लखेटिएका थिए । बेलायतमा सन् १९७२ मा आएर उनले संघर्ष शुरु गरेका थिए । उनी एक सफल व्यवसायी थिए ।
सन् २००६ मा उनलाई लर्ड बनाइएको थियो । उनी कन्जरभेटिभ पार्टीबाट लर्ड हुने पहिलो मुस्लिम थिए । उनले आफ्ना पिताको नाममा च्यारिटी पनि खोलेका छन् । लर्ड शेखको महाराजा रन्जित सिंहबारे पुस्तक पनि प्रकाशित छ ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण