लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति पदमबहादुर गुरुङले सेप्टेम्बर १९ मा सार्वजनिक गरेको गेसोको नयाँ कार्यसमितिमा नाम उल्लेख भएका ३१ जनाले आफूहरु सो समितिमा नरहेको बताएका छन् ।
गेसोका सभापति कृष्णकुमार राईले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उनीहरुले सो कुरा व्यक्त गरेको बताइएको छ । जसमा समितिका उपसभापतिलगायत विभिन्न पद र सल्लाहकारमा नाम सार्वजनिक गरिएका व्यक्तिहरु रहेका छन् ।
सभापति राईले गोरखाहरुको समस्या वार्ताबाटै समाधान हुने भएको र त्यसका लागि सबै गोरखा भूतपूर्व सैनिक संस्थाहरु कार्यगत एकतामा जुटिरहेको अवस्थामा संस्थापक सभापतिले नयाँ कार्यसमिति घोषणा गर्नाले वार्ताको वातावरण बिगार्ने र भूपू सैनिकहरुका बीचमा भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।


मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै