लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति पदमबहादुर गुरुङले सेप्टेम्बर १९ मा सार्वजनिक गरेको गेसोको नयाँ कार्यसमितिमा नाम उल्लेख भएका ३१ जनाले आफूहरु सो समितिमा नरहेको बताएका छन् ।
गेसोका सभापति कृष्णकुमार राईले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उनीहरुले सो कुरा व्यक्त गरेको बताइएको छ । जसमा समितिका उपसभापतिलगायत विभिन्न पद र सल्लाहकारमा नाम सार्वजनिक गरिएका व्यक्तिहरु रहेका छन् ।
सभापति राईले गोरखाहरुको समस्या वार्ताबाटै समाधान हुने भएको र त्यसका लागि सबै गोरखा भूतपूर्व सैनिक संस्थाहरु कार्यगत एकतामा जुटिरहेको अवस्थामा संस्थापक सभापतिले नयाँ कार्यसमिति घोषणा गर्नाले वार्ताको वातावरण बिगार्ने र भूपू सैनिकहरुका बीचमा भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।


प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम