
मस्को । रूसमा आंशिक रूपमा सेना परिचालन गरिने भएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिक रुपमा सेना परिचालन गर्ने घोषणा गर्नु भएको हो ।
युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ ।
“मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र यहाँमा मानिसको सुरक्षालाई ध्यान दिदै आंशिक रुपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ,” उहाँले भन्नुभएको छ ।
उहाँका अनुसार देशमा आंशिक रुपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले देशभरी आंशिक रुपमा सेना परिचालन गर्ने निर्णय आजैदेखि लागू हुने पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “म फेरि पनि भन्छु, अहिले आंशिक रुपमा मात्रै सेना परिचालन गरिएको हो ।”
उहाँले शान्तिपूर्ण निकासका लागि किभ तयार नभएको बताउदै त्यही नै मुख्य समस्या भएको टिप्पणी गर्नु भयो ।
सम्बोधनको सुरुमा उहाँले रुसलाई ध्वस्त पार्न पश्चिमी देशहरु सक्रिय भएर लागिरहेको आरोप पनि लगाउनु भयो ।
“उनीहरुलाई हामीलाई पहिला टुक्र्याउन चाहन्छन, त्यसपछि ध्वस्त पार्न चाहन्छन”, पुटिनले सम्बोधनका क्रममा भन्नुभयो ।
पश्चिमी देशहरूले यसअघि सन् १९९१ मा तत्कालीन सोभियत संघ रहेको बेलामा पनि सो कुरा सिधै भन्ने गरेको पनि उहाँले स्मरण गर्नुभयो ।
रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म पनि युद्ध जारी नै रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेकोप्रति पश्चिमी देशहरुले चर्को विरोध गर्दै आएका छन् । उनीहरुले रुसलाई एक्ल्याउन आह्वान गर्दै युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण