
काठमाडौँ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची पेश गरेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशलन अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बन्दसूची पेस गरेका छन् । प्रदेश १, बागमती र सुदूरपश्चिममा सात/ सात, मधेसमा छ, गण्डकीमा पाँच, लुम्बिनी र कर्णालीमा चार/चार दलले बन्दसूची पेस गरेका छन् ।
प्रदेश १ मा किरात खुम्बुवान् पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, खुम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र नेपाल कम्युनिष्ट पार्टी, बागमती प्रदेशमा तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी तथा सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय मुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, मौलिक जिरोकिलो पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्दसूची पेस गरेका छन् ।
यस्तै, मधेसमा तराई मधेस लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी, गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन र जनमत पार्टीले बन्दसूची पेस गरेका आयोगले जनाएको छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी, कर्णाली प्रदेशमा राष्ट्रिय जनमोर्चा, मङ्गोल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टीले बन्दसूची पेस गरेका छन् ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम