
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको वासिङटन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी यही सेप्टेम्बर २५ (असोज ९) मा वासिङटन डिसीमा बृहत् दसैँ तिहार फेस्टिबलको आयोजना गरिने भएको छ ।
अमेरिकामा बसोबास गरिरहेका नेपाली र विदेशीमाझ नेपाली संस्कृतिको प्रवद्र्धन गर्नका लागि उक्त फेस्टिबल कोसेढुङ्गा रहने कार्यक्रम संयोजक राजश्री श्रेष्ठले बताउनुभयो । स्थानीय बुल रन पार्कमा आयोजना हुने उक्त बृहत् दसैँ तिहार फेस्टिबल अनेस्ट रियल स्टेटको प्रस्तुति तथा थ्रि ई इन्टरटेनमेन्ट नामक संस्थाले व्यवस्थापन गर्ने बताइएको छ ।
मेलामा दसैँ बजार, नेपाली खानाका परिकार, नेवारी खाना, सेलरोटी, गहना पसल र अन्य विभिन्न सामानका स्टलको व्यवस्था रहनेछ । मेलामा दिउँसोको समय मङ्गलधुन, लाखे नाच, रथ प्रदर्शनीलगायतका सांस्कृतिक कार्यक्रम र तामाङ, नेवार, गुरुङ र अन्य जातजातिका पहिचान झल्किने प्रस्तुति हुने श्रेष्ठले जानकारी दिनुभयो । आयोजकका अनुसार दिवा समयका सबै प्रस्तुति अवलोकन गर्न र सहभागी बन्नका लागि निःशुल्क प्रवेशको व्यवस्था रहनेछ ।
त्यसैगरी साँझको समयमा प्रसिद्ध गायक एड्रिन प्रधान, निमा रुम्बा र अमेरिकामा रहेका स्थानीय नेपाली ब्याण्डका सदस्यले पनि साङ्गीतिक प्रस्तुति दिनेछन् । उक्त मेलामा नेपालको प्रसिद्ध प्रकाशन गृह फाइनप्रिन्टले नेपाली पुस्तक प्रदर्शन गर्नेछ । विभिन्न इच्छुक व्यावसायिक प्रतिष्ठानलाई आफ्नो सामानको स्टल राख्न आह्वान गरेकामा निकै उत्साहजनक प्रतिक्रिया पाएको श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजकका अनुसार वासिङटन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा र अन्य सहरहरुमा रहेका नेपाली र नेपालीभाषी गरी झण्डै पाँच हजारको सहभागिता रहनेछ । यस प्रकारको कार्यक्रमले चाडपर्वका बेलामा विदेशमा रहँदा पनि स्वदेश र गाउँँघरकै झल्को मेटाउने अपेक्षा गरिएको कार्यक्रमको संयोजनमा खटिनुभएकी मनिषा प्रसाईं अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रमका लागि गैरआवासीय नेपाली सङ्घ भर्जिनिया च्याप्टर, आरएनआर ग्रुप, सुप्रिमियम इन्टरटेनमेन्ट र टेन्डर हर्ट्स फाउण्डेशनको सहयोग रहने अधिकारीको भनाइ छ । फेस्टिबलको समापनपछि केही गैरनाफामूलक संस्थालाई सहायता प्रदान गरिनेछ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल