
लण्डन । बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलो पटक बेलायती संसदलाई सम्बोधन गर्नुभएको छ ।
बेलायती महारानी एलिजावेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चार्ल्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो ।
वेष्ट मिन्स्टर हलमा भएको सम्बोधनमा उहाँले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र गहन जिम्मेवारी’हरू आफूमा हस्तान्तरण गरिएको र त्यसलाई महारानीले झैँ निरन्तरता दिने जानकारी संसदलाई दिनुभयो ।
दुवै सदनका करिब ९०० सांसदहरुलाई सम्बोधन गर्दै राजा चार्ल्सले भन्नुभयो, “मेरी आमाको शासनकाल यसको अवधि, समर्पण र भक्तिमा अनुपम थियो । म यस महान् विरासत र सार्वभौमिकताको कर्तव्य र गहन जिम्मेवारीहरूको बारेमा गहिरो रूपमा सचेत छु । जिम्मेवारी अहिले मलाई हस्तान्तरण गरिएको छ । यी जिम्मेवारीहरू सम्हाल्दै, म संवैधानिक सरकार कायम गर्न र यी टापुहरू र कमनवेल्थ क्षेत्रहरूको विश्वभरिका मानिसहरूको शान्ति, सद्भाव र समृद्धि खोज्नको लागि मेरी आमाले स्थापित गरेको प्रेरणादायी उदाहरण पछ्याउने प्रयास गर्नेछु ।”
उहाँले राजपरिवारको घरजग्गालगायत वंशाणुगत राजस्व समर्पण गर्ने परम्परालाई निरन्तरता दिने आफ्नो इच्छा र मनसाय दोहोर्याउनुभयो ।
गत हप्ता भएकोे ९६ वर्षीया महारानीको निधनले सात दशक लामो शासनको अन्त्य गरेको छ । उहाँलाई उथलपुथलपूर्ण संसारमा स्थिरताको प्रतीक बनाएको थियो । बेलायत औपचारिक शोकको चरणमा प्रवेश गरेको छ र विश्वभरबाट श्रद्धाञ्जलिको ओइरो लागेको छ ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ