
काठमाडौँ । नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय महारानी एलिजाबेथको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा यही भदौ २३ गते राति निधन भएको हो । नेपाल सरकारले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै स्व महारानीको दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । यस दुःखद् घडीमा बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ ।
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित