
काठमाडौँ । नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय महारानी एलिजाबेथको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा यही भदौ २३ गते राति निधन भएको हो । नेपाल सरकारले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै स्व महारानीको दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । यस दुःखद् घडीमा बेलायत सरकार, जनता एवं शोकसन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको छ ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]