
लण्डन । लिङथेप परिवार यूकेको पहिलो भेला सम्पन्न भएको छ ।
अल्डरसटस्थित एम्पाएर हलमा परिचायत्मक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
उत्तरमा कार्डिफ, पूर्वमा आशफोर्ड देखि दक्षिणमा सोल्सबरीलगायत यूकेको विभिन्न क्षेत्रबाट आउनु भएका दाजुभाइ, दिदीबहिनी, भानाभान्जीको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता वयोवृद्द ८० वर्षीय कालिदास लिङथेपले गर्नु भएको थियोे । सुरक्षा सम्बन्धि जानकारी सुन्दर लिङथेप राखेका थिए भने स्वागत मन्तव्य विजय लिङथेप राख्नुभएको थियो ।
सो कार्यक्रममा ब्रिटिस आर्मीमा पदोन्नति हुनुभएको क्याप्टेन छत्र लिङथेप, क्याप्टेन नरेश लिङथेप र किराँत याक्थुङ चुम्लुङ यूके चुम्लुङ एवार्डबाट सम्मानित भान्जा इन्द्र थक्लुङलाई खादा लगाई सम्मान गरिएको थियो ।
विजय लिङथेपको संयोजकत्व सम्पन्न उक्त कार्यक्रममा सुन्दर लिङथेप,गोकुल लिङथेप, भीम सबिन लिङथेप,भक्त लिङथेप, छत्र लिङथेप, नरेश लिङथेप, लाल लिङथेप, केशर लिङथेप, घनश्याम लिङथेप, पर्वत लिङथेप, धन लिङथेप, राजेन लिङथेप, जित लिङथेप र ज्याकी लिङथेप दिदिबहिनीमा बिमला लिङथेप, खुशीमाया लिङथेप, हेमकुमारी लिङथेप, पुष्पलता लिङथेप, कुमारी लिङथेप र कला लिङथेपको ठूलो सहयोग र योगदानले कार्यक्रम सफल भएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल