
काठमाडौँ । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले अभियानका लागि नेपाल आउनुभएका सदगुरुलाई वन शुभकामना पत्र हस्तान्तरण गर्दै अभियानसँग ऐक्यबद्धता जनाउनुभएको हो ।
ललितपुर जिल्लाको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गर्नुभएको ३० हजार किलोमिटर यात्रालाई सम्मान गर्न र सघाउन वन मन्त्रालयमार्फत देशभरिमा कम्तीमा पनि ३० हजार वृक्षरोपण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “तपाईँको अभियानमा मन्त्रालयसहित अन्य माध्यममार्फत सधैँ हातेमालो गरेर अगाडि बढ्ने छौँ, तपाईँले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ”, मन्त्री यादवले भन्नुभयो, “वृक्षरोपणको कार्य भदौ महिनाभित्रै सुरुआत गरिने छ ।”
उक्त अभियानका अभियान्ता जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफू निकै हर्षित भएको उहाँले बताउनुभयो । माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सदगुरु जग्गीले चलाउनुभएको उक्त महाअभियानको जति प्रशंसा गरे पनि कम हुने मन्त्री यादवको भनाइ थियो । सदगुरुलाई यादवले प्रतिबद्धतापत्र हस्तान्तरणसँगै संसारको दुर्लभ एकसिङ्गे गैँडाको फोटो उपहार प्रदान गर्नुभएको थियो ।मन्त्री यादवले भन्नुभयो, “सदगुरुले गर्नुभएको काम, खासगरी हामी राजनीतिज्ञले गर्ने काम हो, हामीले गर्नुपर्ने काम तपाईँले गरिरहनुभएको छ, योभन्दा अरु खुसीको कुरा के होला ?”
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित