
नयाँदिल्ली । भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् ।
विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कुल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर छ । ब्लुमवर्गको अति धनाड्यको सूचीको ११ औँ नम्बरमा भारतका मुकेश अम्बानी छन् उनको खुद सम्पत्ति ९१ अर्ब ९० करोड डलर छ ।
ब्लुमवर्गको धनाड्यको सूचीमा तीन जना एशियाली उद्योगपतिलाई समावेश गरिएको यो पहिलोपटक हो । अडानीभन्दा अगाडि एलन मस्क र जेफ बजोस छन् । एलन मस्कसँग दुई खर्ब ५१ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ भने जेफ बजोस एक खर्ब ५३ अर्ब अमेरिकी डलर बराबरको कुल जायजेथा छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]