
काठमाडौँ । जजिरा एयरले मात्रै उडान गर्दै आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले पनि परीक्षण उडान सुरु गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइटअन्तर्गत उक्त परीक्षण उडान सुरु गरेको हो ।
नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीबार अपराह्न १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङका लागि परीक्षण उडान गरेको प्राधिकरणका महानिर्देशक तथा इञ्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो पटक भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रेनिङका लागि बिहीबार बिहान १२ बजे विमान अवतरण गरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पहिलो पटक हिमालय एयरलाइन्सको जहाज भैरहवा आएको उक्त विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिनुभयो ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । गएको जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो । उक्त विमानस्थलमा जजिरा एयरले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीन दिन उडान गर्दै आएको बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा