
न्युयोर्क । नेपालीको लगानीमा ए टु जी लिंक आइएनसी कम्पनीको औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।
न्यूयोर्कको ज्याक्सन हाइटमा गएको मंगलबार एक कार्यक्रम आयोजना गरी कम्पनीको औपचारिक शुभारम्भ गरिएको हो ।
कम्पनीका संस्थापक सदस्यहरुले बिरुवामा पानी हालेर कम्पनीको औपचारिक रुपमा उदघाटन गरी शुभारम्भ गरेका हुन् । विरुवामा पानी हालेर विरुवालाई फैल्याउदै जाने सांकेतिक अर्थसहित शुभारम्भ गरिएको समूहको विश्वास छ ।
जोन खड्गीको नेतृत्वमा ८ जना नेपालीहरु संलग्न समूहले कम्पनी दर्ता गरी कार्यालय सञ्चालन गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका पूर्व अध्यक्ष लोक चेम्जोङ कम्पनीको प्रबन्ध निर्देशकको रुपमा रहेका छन् भने लामो समयदेखि आप्रवासीहरुलाई रोजगार खोजी दिने काम गर्दै आएका रुद्र पुन सचिव, सामाजिक अभियन्ता केशवराम राई संयोजकको रुपमा रहेका छन् । त्यस्तै, फिप्नाका सभामुख सुवर्ण शाक्य, व्यावसायी रुपा शाह, संगीता श्रेष्ठ, विकास श्रेष्ठ समूहका सदस्य रहेका छन् ।
सामूहिक लगानी र सामूहिक सहकार्यमा विश्वास राख्ने ८ जना नेपालीहरुको लगानीमा कम्पनीले नायग्रा फल्समा इटालियन रेष्टुरेण्ट सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक लोक चेम्जोङले जानकारी दिए ।
रेष्टुरेण्टका प्रमुख व्यवस्थापक रुपा शाहले रेष्टुरेण्टलाई आगामी दिनमा नेपाली र इटालियन रेष्टुरेण्टको रुपमा विस्तार गर्ने योजना रहेको बताइन् । कम्पनीले विशेष गरी रियल स्टेट र रेष्टुरेण्टमा लगानी गरे पनि बहुउद्देश्यीय क्षेत्रमा लगानी गर्ने सोच राखेको प्रबन्ध निर्देशक लोक चेम्जोङको भनाइ छ ।
कम्पनीका सचिव रुद्र पुनले नेपालीहरुलाई लगानी गर्न प्रोत्साहन गर्दै आफै मालिक बन्न र नेपालीले सधै अन्यत्र काम गर्नु पर्ने बाध्यतालाई निरुत्साहित गर्न लागि कम्पनी शुरु गरिएको बताए । कम्पनीले रोजगारीमा विशेषगरी नेपालीलाई नै प्राथमिकता दिइने पुनको भनाइ छ ।
नायग्रा फल्समा पर्यटकलाई लैजाने र ल्याउने तथा आवासको व्यवस्था पनि कम्पनीले गर्ने छ । कम्पनीले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न र युवाहरुलाई व्यवसायमा लाग्नको लागि प्रेरित गर्ने सोच राखेको छ ।
संयोजक केशवराम राईले कम्पनीले नेपाल र नेपाली पर्यटनको प्रवद्र्धनका साथै नेपाललाई विश्व सामु चिनाउनका लागि र नेपालको झण्डालाई फोटोमा नै राखेर भए पनि नेपालको पर्यटनमा टेवा पुगोस् भन्नका लागि नायग्रा फल्समा रेष्टुरेण्ट खोलेको जानकारी दिए ।
कम्पनीले सञ्चालन गरेको रेष्टुरेण्टको घर कम्पनीको आफ्नै नाममा किनेको छ ।
कार्यक्रममा उपस्थित सबैलाई फिप्नाका सभामुख तथा कम्पनीका सदस्य सुवर्ण शाक्यले स्वागत गरेका थिए । कार्यकममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा पत्रकारहरु उपस्थित थिए ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]