
लण्डन । तनहुँ समाज यूकेको चौथो अधिवेसन तथा वार्षिक भेटघाट सम्पन्न भएको छ ।
समाजका अध्यक्ष लेख गुरुङको अध्यक्षता, उपाध्यक्ष केशरबहादुर रानाको संयोजनमा शनिबार बेजिङस्टोकस्थित अल्डवर्थ स्कुलमा सो कार्यक्रम आयोजना गरिएको थियो ।
विश्वब्यापी कोरोना महामारीका कारण समाजको वार्षिक भेला दुई वर्षदेखि हुन नसकेकोमा यसपटक अघिल्ला वार्षिक भेलाहरु भन्दा भिन्न स्थानमा भेला आयोजना गरिएको थियो ।
संयुक्त अधिराज्य बेलायतका लागि नेपालका राजदुत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको यस वार्षिक भेलामा आमन्त्रित विशिस्ट अतिथीहरु गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरलगायत अन्य छिमेकी तथा मैत्री समाजका अध्यक्ष वा प्रतिनिधिहरु हुनुहुन्थ्यो । एनआरएनए युकेका अध्यक्ष गाहा र मगर संघ युकेका अध्यक्ष सीता पुनले शुभकामना दिएका थिए । कार्यक्रममा तमुधिँ युकेका अध्यक्ष हितकाजी गुरुङ र श्रीमती सीता गुरुङ, पाल्पाली भन्ज्याङ युकेका अध्यक्ष वाचस्पति रेग्मी, तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष दलबहादुर गुरुङ, मोना युकेका कोषाध्यक्ष तारा पुन लगायत अतिथिका रुपमा सहभागी थिए ।
तेस्रो कार्य समितिद्वारा आयोजना गरिएको यस अन्तिम वार्षिक भेला कार्यक्रमको अध्यक्ष गुरुङ तथा प्रमुख अतिथी राजदुत आचार्यद्वारा दीप प्रज्वलनको साथ औपचारिक रुपमा प्रारम्भ भएको थियो भने कार्यक्रममा राजदुतबाट समाजका ब्यक्तित्वहरुलाई विशिस्ट समाज सेवा गरेवापत, उच्च शिक्षा हासिल गरेवापत, समाजलाई आर्थिक योगदान गरेवापत तथा समाजका नवआजीवन सदस्यहरुलाई क्रमश: सम्मान पत्र र प्रमाण पत्रले सम्मानित गरिएको थियो । तनहुँको मिछुर्लुङमा भ्यूटावरका योजनाकार महेन्द्र आलेलाई उत्कृष्ट समाज सेवा सम्मान तथा स्वर्गीय क्याप्टेन पदमलाल आले र जीतबहादुर थापालाई मरणोपरान्त सम्मान गरिएको थियो । यस्तै, तनहुँमा जन्मिएकी साहित्यकार नानु राना थापा तथा पूर्व उपाध्यक्ष अनिता रानालाई पनि सम्मान गरिएको थियो ।
स्वादिष्ट बार्बिक्यू भोजनका साथ स्थानिय तथा बेलायतका विविध संघ संस्थाहरुको निमन्त्रणामा नेपालबाट पाल्नुभएका कलाकारहरुले तनहुँ भेगमा नाचिने विशेष नृत्य कौरालगायत विविध मनोरंजनका ब्यन्जनहरुको प्रस्तुतिले उपस्थित अतिथि तथा सदस्यहरुलाई भरपूर मनोरंजन दिलाएको थियो । कार्यक्रमको टिकटको प्रायोजन डा प्रकाश गौतमले गरेका थिए ।
कार्यक्रमको अन्तिम चरणमा समाजका अध्यक्ष लेख गुरुङले कर्मठ रहेर निस्वार्थ भावले समाजको सेवा गरेबापत कार्यसमितिका पदाधिकारीहरुलाई समाजको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दै कार्य अवधी पूरा भएकोले विधिवत रुपमा कार्य समिति विघटनको घोषणा गरेपस्चात सल्लाहकार मेजर रिटायर्ड कुलबहादुर थापाको अध्यक्षतामा निर्वाचन समितिले नयाँ कार्य समिति गठन गरेर सपथ ग्रहण गराएको थियो ।
नवगठित समाजको चौथो कार्यसमितिको अध्यक्षमा केशरबहादुर राना, उपाध्यक्षद्वयमा बेदराज पराजुली र श्रीमती दुर्गा गुरुङ, महासचिवमा बोधविक्रम थापा, सचिवमा श्रीमती देवी आले, कोषाध्यक्षमा कृष्णबहादुर थापा, सहकोषाध्यक्षमा श्रीमती निर्मला थापा निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा आशबहादुर गुरुङ (अल्डरसट), बमबहादुर थापा (इस्टली), श्रीमती चन्द्रकला थापा (वेलिङ), प्रेम गुरुङ (बेजिङस्टोक), गिरी गुरुङ (रेडिङ), गोपाल थापा (वेल्स), काशीराम राना (कोअर्डिनेटर), लील थापा (प्लमस्टिड), महेन्द्र आले (रेडिङ), मनोज चन्द (स्वीण्डन), मनसुधन थापा (मनोरन्जन), डा प्रकाश गौतम, राम शाही (वेभ मिडिया), रेशम गुरुङ (अल्डरसट) र याम थापा (मनोरन्जन) रहेका छन् ।
नयाँ कार्य समिति गठन हुनुअघि निर्वाचन समितिका अध्यक्ष मेजर रिटायर्ड कुल बहादुर थापाले निवर्तमान अध्यक्ष लेख गुरुङलाई उहाँको समाजप्रतिको प्रगाढ प्रेम, भावना र एक दशक लामो अवधिको अतुलनीय समाज सेवाको मुक्त कण्ठले प्रशंसा गर्दै उहाँलाई समाजको संरक्षक पदमा सम्मान गर्दै प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
अन्त्यमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यावधीको शुभकामना ज्ञापन पश्चात नमस्ते एक्सप्रेस, न्यू लक्ष्मी ज्वेलर्स, द प्यालेस रेस्टुरेन्ट तथा सरस्वती ज्वेलर्स लिमिटेडले प्रायोजन गरेको क्रमश: प्रथम, द्वितीय, तृतीय र चौथो पुरस्कारको राफल चिट्ठा उडाए पछि नवनिर्वाचित अध्यक्ष केशरबहादुर रानाले औपचारिक रुपमा यस वर्षको वार्षिक भेला समापन भएको घोषणाको साथ कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमको संचालन महासचिव तेशरजङ्ग गुरुङले गरेका थिए ।



नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल