
बेइजिङ । विद्युतीय व्यापार (इकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी बर्खास्त गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारी निकालिएका हुन् । सन् १९९९ मा स्थापना भएको अलिबाबाको गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्तविरणअनुसार खुद आम्दानी २२.७४ अर्ब युआन कायम भएको थियो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आय ४५.१४ अर्ब युआन थियो ।
सन् २०१५ मा डानियल झाङ कम्पनीको प्रमुख कार्यकारी अधिकृत र २०१९ मा अध्यक्ष बनेपछि अलिबाबामा व्यापक फेरबदल भएको थियो । त्यसै वर्षको जुलाइमा कम्पनीले हङकङमा प्राथमिक सूचीकरणका निम्ति आवेदन गर्ने घोषणा गरेसँगै मुख्यभूमि चीनका लगानीकर्ताले पूँजी परिचालनको अवसर पाएका थिए । न्युयोर्क स्टक एक्सचेञ्जमा समेत सूचीकरण भएको पहिलो ठूलो कम्पनी बन्न अलिबाबा सफल भएको थियो ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक